• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
खेलकुद

बुन्डेस लिगामा बार्यनको स्पष्ट जित

काठमाडौं । बायर्न म्यनिखले गएराति सम्पन्न भएको खेलमा ३–१ को जित निकालेको छ । बुन्डेस लिगामा बायर्नले होफेनहमलाई तीन एकले हराएको हो । 

 

बायर्नको जितमा लियोन गोरिज्काले दुई गोल गरे । खेलको ३४ औं मिनेटमा लियोनको गोलमार्फत बायर्नले खेलमा अग्रता बनाएको थियो । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा एलाबाको पासमा पुनः लियोनले नै गोल गरे । 

 

पहिलो हाफमा दुई गोलले पछि परेको होफेनहमले ५९ औं मिनेटमा गोल फर्काउन सफल भयो । उसका लागि निको सुल्सजले गोल गरे । तर ८७ औं मिनेटमा फेरि रोबेर्ट लेवान्दोस्कीले गोल गर्दै बायर्नलाई तीन एकको जित दिलाए ।

 

जितसँगै बायर्नले शीर्ष स्थानको बोरुसिया डर्टमन्डसँगको अन्तर कम गरेको छ । उसको १८ खेलबाट ३९ अंक भएको छ । शीर्ष स्थानको बोरुसिया डर्टमन्डको १७ खेलबाट ४२ अंक रहेको छ ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार