• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

हास्य अभिनेता असरानीको सफलता...

मुम्बई । बलिउड चलचित्र उद्योगमा प्रवेश गर्ने र नाम दाम कमाउने रहर सबैलाई हुन्छ । कतिपय अभिनेता तथा अभिनेत्रीहरु बलिउडको दुनियाँमा प्रवेश त गर्छन् र दुई चारवटा चलचित्रमा काम पनि गर्छन् तर सोचे अनुसारको नाम अनि दाम कमाउन भने असफल हुन्छन् ।

 

पछिल्लो समय बलिउड चलचित्र उद्योगलाई हेर्ने हो भने प्रविधी, कथा तथा बजेटको क्षेत्रमा पनि धेरै परिवर्तन भएका छन् । यस्तै अभिनय क्षेत्रमा पनि नयाँ अनुहारहरुको बर्चस्व बढेको छ । तर, केही यस्ता कलाकारहरु छन्, जसलाई अहिले पनि दर्शकहरुले बिर्सन सक्दैनन् । उनीहरुले लामो समयदेखि आफ्नो विरासतलाई टिकाइराखेका छन् । त्यहि सिमित कलाकारहरु मध्ये पर्छन् हास्य कलाकार ‘असरानी’ । ०१ जनवरी १९४१ जयपुरमा जन्मेका असरानीको पुरा नाम हो गोवर्धन असरानी । उनी हास्य अभिनेता हुन् । उनले बलिउडमा पाँच दशक अर्थात् पचास वर्ष विताइसकेका छन् । उनी चलचित्रमा अझै पनि सक्रिय छन् र अहिले पनि  उनको करोडौं फ्यान रहेका छन् । 

 

उनमा अभिनेता बन्ने सपना बालापन देखि नै जागेको थियो । यसै सपनालाई पूरा गर्न असरानी १९६३ मा मुम्बई पुगे । त्यहाँ उनको भेट किशोर साहु, ऋषिकेश मुखर्जी जस्ता चलचित्र निर्माताहरुसँग भयो । उनीहरुको मद्दतमा असरानीले फिल्म तथा टेलिभिजन इन्टिच्यूट अफ इंडिया पुणा भर्ना भए । १९६६ मा पुणा फिल्म इन्डस्ट्रिमा अभिनय विषयमा पढाई सकेर उनी पुनः मुम्बई फर्किएका थिए । 

 

 

असरानीले १९६७ मा आफ्नो फिल्म क्यारियरको शुरुवात गरेका हुन् । उनको डेव्यु फिल्म ‘हरे कांच की चुडियां हो । यसै बीचमा उनले केही गुजराती फिल्ममा पनि काम गरे । तर, १९७१ मा जब चलचित्र ‘मेरे अपने के जरिए’ आयो यसले असरानीलाई धेरैले चिन्ने मौका पाए । 

 

तर, असरानीलाई शुरुवातमा सफलतको शिखरमा पुर्‍याउने चलचित्र भने ‘अभिमान’ नै हो । यो चलचित्र सन् १९७३ मा प्रर्दशनमा आएको थियो । पुराना चिनजान तथा त्यतिबेला राम्रो चलेका निर्देशक ऋषिकेश मुखर्जीको निर्देशनमा बनेको चलचित्रमा उनी बलिउड सुपरस्टार अमिताभ बच्चनको साथीको भुमिकामा देखिएका थिए । उनले यसै चलचित्रबाट उत्कृष्ठ सहायक अभिनेताको अवार्ड पनि पाएका थिए । 

 

भनिन्छ सबैको क्यारियरमा यस्तो टर्निङ्ग पोइन्ट आउँछ, जसलाई चिन्न सक्नु पर्दछ । असरानीको क्यारियरमा पनि त्यो समय आयो । सन् १९७५ मा प्रर्दशनमा आएको चलचित्र ‘शोले’ ले उनको क्यरियरमा कायापल्ट गर्न सहयोग गर्‍यो । रमेश सिप्पीको निर्देशनमा बनेको शोलेमा असरानीले जेलरको भुमिका निर्वाह गरेका थिए । चलचित्रमा उनले बोलेको ‘हम अंग्रेजो के जमाने के जेलर है’ भन्ने संवादले उनलाई सबैमा परिचित गरायो । जसलाई आजसम्म दर्शकले भुलेका छैनन् ।

 

 

सन् १९७७ मा प्रदर्शनमा आएको चलचित्र ‘चला मुरारी हिरो बनने’ बाट फिल्म निर्देशनको क्षेत्रमा पनि उनले हात हाले । चलचित्रमा उनले मुख्य अभिनेताको भुमिकामा देखिएका थिए । चलचित्रमा बिंदिया गोस्वामी अभिनेत्री थिइन । कमेडिले भरिएको चलचित्रले दर्शकले हसाएको थियो र दर्शकले चलचित्रलाई एकदमै मन पराएका थिए । 

 

यस चलचित्रको सफलता पश्चात उनले ‘सलाम मेम साब, हम नहीं सुध्रेंगे, दि ही तो है तथा उडान’ जस्ता चलचित्र निर्देशन गरे । आफनो चलचित्र क्यारियरमा दुई पटक सर्वश्रेष्ठ हास्य कलाकार को फिल्मफेयर अवार्ड जित्न सफल भएका असरानीले बलिउडका प्राय सबै कलाकारका साथमा काम गरेका छन् । 

 

उनले राजेश खन्नासँग २५ वटा चलचित्रमा काम गरेका छन् । यस्तै अमिताभ बच्चनसँग पनि धेरै चलचित्रहरुमा काम गर्ने अवसर पाए । उनले आफ्नो क्यारियरमा चार सय भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । आज पनि उनी चलचित्रमा उत्तिकै जोश र मेहिनतका साथ काम गरिरहेका गर्छन् उनमा अहिले पनि पहिला कै जस्तो जोश र जाँगर देखिन्छ । उनी निरन्तर रुपमा अभिनयको मार्फत दर्शकलाई मनोरञ्जन दिइरहेका छन्, हँसाइरहेका छन् । साभार : वेभ दुनियाँ

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार