• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

माया–प्रेमको कथा ‘फुलानी’ 

संस्कृति रिजाल, काठमाडौं । सामाजिक, धार्मिक र सांस्कृतिक पक्षलाई पछ्याउदै नेपाली समाज आजको युगसम्म आइपुगेको छ । हिजोको संस्कृती र परम्पराले केही राम्रा कुराहरुलाई लिएर आएको छ त कतिपय नकारात्मक पक्षलाई पनि समेटेर ल्याएको छ । धार्मिक, वर्गीय र जातीय हिसाबले अगाडी बढेको समाजमा धेरै पछौटेपन पनि छन  । वर्गीय विभेद जोडिएको समाज, केटाकेटी बिचको सामान्य हिमचिमलाई प्रेम अर्थ्याउने समाज, गाउले जीवनलाई पछाडि धकेल्न खोज्ने समाजलाई नियाल्दै लेखक खगेन्द्र लामिछाने द्वारा लिखित कथा संग्रह, 'फुलानी' ।

 

विशेषत काठमाडौं उपत्यका लगायत अन्य क्षेत्रको परिवेशलाई समेटेर कथा लेखिएको छ । परापुर्वकाल देखि विद्यामान सोच र चिन्तनका विषयबस्तुलाई कथामा समेटिएको छ ।

 

कथाको विषयबस्तु अनुसार विभिन्न पात्रको माध्यमद्वारा एउटा वर्गीय स्तर उच्च भएको ब्यक्तिमा हुने आर्थिक सम्पन्नता र आडम्बरलाइ देखाइएको छ । कथामा बर्षौ अघिको प्रेमिल कथा वर्तमानमा फेरि जोडिएर छुट्नुको पिडालाइ प्रष्टयाउन खोजिएको छ । जहाँ, केटा र केटी बिचको प्रेमिल पक्ष हाम्रो बर्तमान समाजमा कमजोर रहेको छ भन्ने महसुश गर्न सकिन्छ ।

 

कथामा एउटी नारीको आर्थिक अवस्था र अर्थको अभावमा बाध्यतावश गर्नु पर्ने विभिन्न कार्यलाइ समेटिएको छ । जसलाइ समाजले बाध्यता नदेखेर अपमानजनक कार्य देखिरहेको हुन्छ । समाजमा रहेका ब्यक्तिहरु जसको साधारण जीवनशैली हुन्छ र पारिवारिक उन्नतीको सपना बोकेर ठूलो शहरमा सामान्य जीवन गुजारा गरिरहेका हुन्छन । ती ब्यक्तिहरुका कथा, व्यथा र बाध्यतालाई कथाले समेटिएको छ । ठूलो ठाउँ र शहरमा साधारण जीवनशैली भएको मान्छेले भोग्नुपर्ने सामाजिक अपमानलाई कथाका पात्र भुवनेश्वर द्वारा प्रस्तुत गरिएको छ ।

 

साधारण गाउँले जीवन बिताउने गाउँका मानिसहरुको सोझोपनलाई बाहिरका मानिसले धाक, रवाफले नभएपछि सामान्य कुराबाट प्रभावित गरेर गाउँले माथी गरेको थिचोमिचोलाई कथाको विषयबस्तुको रुपमा समेटिएको छ ।त्यसैगरी सानैमा बिवाह गरेर आफ्नो श्रीमान गुमाएकी नारी जसले जिवनभर एकल जीवन बिताउनु पर्छ अनि बुढेसकालमा गफगाफको मित्रतालाई हिमचिमको अर्थ देखाउने अशिक्षित समाजको चित्रण गरिएको छ ।

 

कथामा काठमाडौं उपत्यकाको भाषा र लवजलाई समेटिएको छ  । पुस्तकको कभरमा एउटी नारीको तस्विर जहाँ शिरको कपाल गुलाफ फुलको आकार, एउटा कानमा झुम्का र घाटिमा माला लगाइएको छ । उपन्यासमा रहेका प्राबिधिक पक्ष लेआउट, फन्टको आकारले पाठकलाई सहज महशुस हुन्छ । 

 

पुस्तकको समग्र विषयबस्तुलाइ समेटेर हेर्दा पुस्तक भित्र फरकफरक कथा विषयबस्तु समेटिएको छ । फरक शीर्षक अनुसार फरक विषयबस्तु र पात्रहरु समावेश गरिएको छ । भाषामा कहिकतै भुलचुक भएको भान पुस्त अध्ययन गर्दा मलाई महसुश भयो ।  

 

कथा एउटै धारा र शैलीमा नबगेको हुँदा कथालाई बुझ्न पाठकलाई अलिक कठिन हुने महशुस गरे । कथामा समेटिएका विषयमा फरकपन भएता पनी रोचकपन कम भएको भान पाठकलाइ हुन सक्छ । पहिलो कथा संग्रहको रुपमा लेखक खगेन्द्र लामिछानेले लेखेको कथा फुलानीलाई समग्र रुपमा समिक्षा गर्दा समाजको वास्तविक चित्रण पाइन्छ ।

 

लेखक खगेन्द्र लामिछानेको कथा लेखन यात्रा कसैको भोगाइबाट शुरु भएकाले आफैले पहिलो कथासंग्रह फुलानी प्रकाशित गर्न सफल भएको विषयलाई लेखकले पहिलो पृष्ठमा उल्लेख गरेका छन । लेखक खगेन्द्र लामिछानेले दुई नाटक संग्रह पानीफोटो र कथा नाटक प्रकाशित गरिसकेका छन् ।

 

पुस्तकको डिजाइन सुवर्ण हुमागाईको र भाषा शुद्धिकरण भुपेन्द्र खड्काको रहेको छ । पुस्तक बुक हिल पब्लिकेसन कालिकास्थान काठमाडौंबाट जेठ २०७३ सालमा पहिलो संस्करणको रुपमा प्रकाशित गरिएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार