• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
रंगमञ्च

पोखरामा निर्देशक परिर्वतनको नाटक 'निरमाया' को चर्चा 

पोखरा । पोखरामा मञ्चन भइरहेको नाटक निरमायाले अहिले एकदमै चर्चा बटुलेको छ । नाटक हेरिसकेपछि दर्शकले नाटकको बारेमा राम्रा राम्रा प्रतिक्रियाहरु दिइरहेका छन् । पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको यो नाटक भोली शनिबार दुई सो मञ्चन हुदैछ ।

 

शनिबार दिउँसो १ बजे र साँझ पौने ५ बजे नाटक मञ्चन गरिने नाटकका निर्देशक परिवर्तन कार्कीले जानकारी दिए । अन्य दिनमा साँझ पौने ५ बजे नाटक मञ्चन भइरहेको छ ।

 

 

पौष २७ गतेबाट मञ्चन शुरु भएको नाटक माघ १२ गतेसम्म मञ्चन हुनेछ । एक घण्टा ४० मिनेट अवधिको नाटकले नाटक हेर्न पुगेका दर्शकको मन जितिरहेको छ ।   गरिब, शोषित, दलित, यौन पिडित समाजको नाङ्गो यर्थाथलाई अभिव्यक्त गर्ने अभिप्राय बोकेको नाटक निरमायाले दर्शकलाई मनोरञ्जनसँगै सन्देश पनि दिन्छ । नाटकममा समावेश गरिएको लाइभ बाजा र रत्यौलीले दर्शकसँगै कलाकारलाई जोस्याउँछ । 

 

नाटकमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, बबिता मल्ल ठकुरी, अञ्जु दाहाल, रमेश बाबु तिम्सीना, निश्चल विमल, सुर्य सुवेदी, नवराज गिरी, रेवन राई, देव बस्नेत, गोविन्द रमण पराजुली, सन्दिप पाण्डे, इश्वर कार्की, सोनिया कार्की, प्रतिक घिमिरे, मनिषा थापा, पार्वती थापा, धनबहादुर गायक, हरिबहादुर परियार, विनोद गायक, सौरभ तिम्सिना, विश्वराज पौडेल, विष्णु तिम्सिना आदीको अभिनय रहेको छ ।  नाटक हेर्न २ सय, ३ सय र ५ सयको टिकट लाग्नेछ । निरमाया नाटक पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन भएको पाँचौ नाटक हो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार