• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

झम्सिखेलमा खुलेको ‘भिभान्ता काठमाडौं’ले होटल ताज विर्साउँछ !

काठमाडौं । चौधरी ग्रुप र एनई ग्रुपको साझेदारीमाललितपुरको झम्सिखेलमा स्थापना भएको ‘भिभान्ता काठमाडौं’ होटल औपचारिकरूपमा संचालनमा आएको छ ।

 

‘इन्डियन होटेल्स कम्पनी लिमिटेडले ‘भिभान्ता काठमाडौं’को व्यवस्थापन सम्हालेको छ, जसलाई विश्वविख्यात ताज ब्रान्डका रूपमा चिनिन्छ ।

 

चितवन राष्ट्रिय निकुञ्जमा सीजी हस्पिटालिद्वारा सञ्चालित रिसोर्ट ‘मेघौली सेराई’पछि आईएचसीएलले व्यवस्थापन गर्ने ‘भिभान्ता काठमाडौं’ दोस्रो परियोजना हो ।

 

‘करिब दुई दशकपछि ताजलाई काठमाडौंमा ल्याउन पाउँदा हामी गौरवान्वित छौं, ताजको बहुआयामिक व्यवस्थापनसँगै भिभान्ताले गुणस्तरीयता, सेवा र परिकारमा नयाँ मानक बनाउने छ,’ सीजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले भने ।

 

‘भिभान्ता काठमाडौं’मा ११० वटा कोठा छन् । रुफटप बारसँगै ‘कोको’को ‘बिस्त्रो–स्टाइल’ र ‘मिन्ट’को स्थानीय नेवारी स्वाद पनि भिभान्तामा पाइनेछ ।

 

संसारमा उपलब्ध उत्कृष्ट सेवाहरू भिभान्तामा पनि पाइनेछन् । व्यायामशाला, स्विमिङपुल र स्पाको सुविधा पनि उपलब्ध छ ।

 

सीजी हस्पिटालिटीले विश्वका ९ मुलुकमा ४ हजार २ सय कोठासहित ८५ वटा होटल र रिसोर्ट सञ्चालन गरिरहेको छ ।

 

थप ३ मुलुकमा २ हजार १ सय कोठासहित ४० वटा होटल र रिसोर्ट सञ्चालन तयारीमा छन् । सन् २०२० भित्र १० हजार कोठासहित विभिन्न २० मुलुकमा २ सय होटल खोल्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार