• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

 आईसीयूमा रहेका डा.केसीका समर्थकहरुले इलाममा र्‍याली निकाले 

-यमुना लुईंटेल:

इलाम । दश दिनदेखि अनशनरत डा.गोविन्द केसीले उठाएका मागहरुको समर्थनमा शुक्रबार इलाममा र्‍याली निकालिएको छ ।

 

टुँडीखेलबाट निस्किएको र्‍यालीले चोकबजारमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई नागरिक समाजका अगुवा तथा डा.केसी आन्दोलनमा सहयोगी धर्म गैतमले केसीसँग सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न माग गरे । 

 

शिक्षण अस्पताल काठमाडौंमा पाँचवटा खोल्न दिने तर काठमाडौं बाहिर जतीपनि खोल्न दिने निर्णय गलत भएको टिप्पणी गर्दै डा. केसीकाको माग पुरा नहुन्जेल अनसनमा रहने बताए ।

 

यस्तै संघिय लिम्बुवान मञ्चका कमार लिङदेनले केसीको माग आमनेपालीको हितका लागि भएको बताउँदै सरकारले भिजिलान्तेलार्इ अनसनको बिरुद्ध प्रयोग गरे लिम्बुवान जस्तोसुकै कदम प्रयोग गर्न तयार रहेको बताए ।

 

केसी सम्पूर्ण नेपालीका दुत भएको र उनका मागका बिषयमा आफ्नो पार्टीले चुनावी घोषणपत्रमा सर्मथन गर्ने गरेको उल्लेख गर्दे साथ र सर्मथन रहने बताए ।

 

डा. केसीको समर्थनमा इलाममा र्‍याली निस्किरहँदा उनी भने काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगन्जको आईसीयूमा  उपचार गराइरहेका छन् ।

 

उनलाई विहीवार राती १०ः३० बजे इलामदेखि झापाको भद्रपुरसम्म एम्बुलेन्समा र त्यहाँबाट नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो ।

 

 डा केसीलाई काठमाडौं ल्याउन पहल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख ढुंगाना र त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा लगायतको टोली इलाम पुगेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार