• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
खेलकुद

बार्सा कोपा डेल रेको क्वार्टरफाइनलमा, अन्य सात टोलीको पनि टुंगो लाग्यो 

काठमाडौं। दोस्रो लिगमा लेबान्टेलाई ३–० ले पराजित गर्दै  स्पेनिस क्लब बार्सिलोना कोपा डेल रेको क्वार्टरपाईनल प्रवेश गरेको छ। यो सँगै उसले कुल ४–२को जित निकालेको हो ।

 

पहिलो लिगमा २–१ गोलले पराजित भएको बार्साका लागि गएराति सम्पन्न भएको खेलमा ३०औं र ३१औं मिनेटमा डेम्बलेले गोल गरेका थिए भने ५४ औं मिनेटमा मेस्सीले गोल गरेका थिए।

 

यसैगरि भ्यालेन्सियाले स्पोर्टिङ गिजोनलाई ३–०ले पराजित गर्दै कुलमा ४–२को अग्रताले आफ्नो क्वारट्रफाईनल स्थान पक्का गरेको हो।  त्यस्तै स्पान्योलले भियारियललाई ३–१ गोलले पराजित गर्दै कुलमा ५–३को अग्रताले आफ्नो क्वार्टरपाईनलको स्थान पक्का गरेको हो।

 

बिहीबार बिहान भएको दोस्रो लेगमा लेगानेससँग १–० ले पराजित भए पनि रियल समग्रमा ३–१ को जित निकाल्दै अन्तिम आठमा पुगेको थियो।

 

यसैगरी बलियो टोली एट्लेटिको म्याड्रिड भने उपाधि होडबाट बाहिरिएको छ। घरेलु मैदानमा बिहीबार बिहान खेलिएको दोस्रो लेग खेलमा एथलेटिको म्याड्रिडलाई तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी गिरोनाले ३–३ गोलको बराबरीमा रोक्यो।

 

अघिल्लो साता गिरोनाको मैदानमा खेलिएको पहिलो लेग खेल पनि १–१ को बराबरीमा सकिएकाले यी दुबै टोलीबीचको कूल गोल भिन्नतामा ४–४ भएको थियो। त्यसपछि अवे गोलका आधारमा एट्लेटिकोलाई स्तब्धः पार्दै गिरोना क्‍वार्टरफाइनलमा पुग्न सफल भयो।

 

यता सेभिल्लाले एथलेटिको विल्वाओलाई समग्रमा ३–२ ले पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल भएको छ।

 

घरेलु मैदानमा बिहीबार बिहान खेलिएको दोस्रो लेग खेलमा एथलेटिक बिल्बाओसँग १–० गोलले पराजित भए पनि अघिल्लो साता खेलिएको पहिलो लेग खेलको नतिजाका आधारमा सेभिया अगाडि बढेको हो। पहिलो लेग खेलमा सेभिया ३–१ गोलले विजयी भएको थियो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार