• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

डा. केसीको स्वास्थ्य अवस्था जटिल, राती ३ बजे काठमाडौं ल्याइयो 

काठमाडौं। इलाममा अनसनरत डा. गोविन्द केसीलाई शुक्रबार विहान ३ बजे काठमाडौं ल्याइएको छ । 

 

चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं पटक इलाममा अनशन बसेका डा केसीको स्वास्थ्य अवस्था विग्रेपछि काठमाडौं ल्याउनु परेको डा. केसीका सहयोगी डा. अभिषेक सिंहले जानकारी दिए । 

 

अनशनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल भएपछि काठमाडौं ल्याउनु परको हो । उनको  मुटुको चाल र फोक्सोमा गम्भीर समस्या देखिएपछि उनलाई स्वास्थ्य सेवा दिन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट गएका विशेषज्ञहरुले आइसियुमा राखेर उपचार गर्न सुझाएका थिए। 

 

डा. केसीलाई विहीवार राती १०ः३० बजे इलामदेखि झापाको भद्रपुरसम्म एम्बुलेन्समा र त्यहाँबाट नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो ।

 

उनलाई अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आईसीयूमा राखेर उपचार भइरहेको छ । डा. केसी ९ दिनदेखि इलाममा अनसनरत थिए ।

 

डा. केसीलाई काठमाडौं ल्याउन पहल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख ढुंगाना र त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा लगायतको टोली इलाम पुगेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार