• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

हेल्थ असिस्टेन्ट संघको माग सम्बोधन नभए देशभरका स्वास्थ्य चौकी ठप्प पार्ने

काठमाडौं । नौं दिनदेखि आन्दोलनरत हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) ले प्रस्तावित दरबन्दी संरचना तत्काल फिर्ता गर्न सरकार समक्ष आग्रह गरेको छ ।

 

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले यस्तो आग्रह गरेको हो ।

 

सरकारले प्रस्तावित दरबन्दी संरचना फिर्ता नगरे देशभरिका स्वास्थ्य चौकी ठप्प पार्ने, नियुक्ती पत्र जलाउने, सामूहिक राजिनामा दिने र अझै कडा आन्दोलन गर्ने संघले चेतावनी दिएको छ ।

 

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष दाताराम अधिकारीले कार्य प्रकृति हेरी जिम्मेवारी प्रदान गर्नुपर्ने अडान राखेका छन् ।

 

उनले भने,‘सरकारले हाम्रामागहरु तत्काल सम्बोधन गर्नुपर्छ । हामीले विगत ९ दिनदेखि अत्यन्तै संयमित भएर संघर्ष गर्यौं । तर, राज्यले हाम्रो माग अहिलेसम्म सम्बोधन गरेको छैन् । अब पनि राज्य गम्भिर नहुने हो भने हामी कडा संघर्षमा उत्रिन्छौं ।’

 

कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष दिपेन्द्र खड्काले समग्र स्वास्थ्य क्षेत्रको सुधारको लागि आफूहरुले उठाएका जायज मागहरु सरकारले सम्बोधन नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।

 

त्यस्तै, कार्यक्रममा संघका सल्लाहकार गोविन्द गिरीले सिंगो स्वास्थ्य सेवा प्रणालीलाई नै धराशयी बनाउनेगरि प्रस्तावित दरबन्दी संरचनाले कर्मचारीबीच मनमुटावब हुनुको साथै स्वास्थ्य सेवाप्रवाहमा नै गम्भिर असर पर्ने चिन्ताव्यक्त गरे । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार