• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
राजनीति

नेविसंघको वर्तमान कार्यसमिति विगठनमा, माघ १० सम्मलाई कामकाज चलाउने निर्देशन

काठमाडौँ । दुई पटक थपिएको समय सकिएसँगै नेविसंघको वर्तमान कार्यसमिति कामचलाउ मात्र बन्न पुगेको छ ।

 

बुधबार काँग्रेसले घुमाउरो शैलीमा वर्तमान कार्यसमिति भंग गर्दै काम चलाउन मात्र बनाएको छ । 

 

काँग्रेसले नेविसंघको आगामि कार्यदिशाका बारेमा छलफल गर्न माघ १० गतेलाई बैठक बोलाएकाले उक्त समय सम्म यही समितिलाई कामचलाउको हैसियत दिएको छ । 

 

पछिल्लो पटक थपिएको दुई महिनामा पनि महाधिवेशन गराउन नसकेपछि कांग्रेसले बुधबार विज्ञप्तिमार्फत वर्तमान कार्यसमितिलाई दैनिक कामकाज गर्ने हैसियत मात्र दिइएको छ ।

 

संघ अध्यक्ष नैनसिंह महरले महाधिवेशन गराउन नसक्ने भन्दै संस्थापनपक्षीय नौ र वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय ४५ पदाधिकारी तथा सदस्यले राजीनामा दिएका थिए ।

 

विधानअनुसार महर नेतृत्वको कार्यसमितिको म्याद भदौ २ मै सकिएको हो । महाधिवेशन गर्ने प्रयोजनका लागि पार्टीले पहिलो पटक ३ र दोस्रो पटक २ महिनाको म्याद थपेको थियो ।

 

पार्टीका मुख्य सचिव कृष्ण पौडेलले बुधबार विज्ञप्ति जारि गर्दै माघ १० सम्म यो समितिले दैनिक काम काज चलाउन मात्र राखिएको वताएका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार