• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
पत्रपत्रिका

नेपाललिक्स २०१९ को खुलासा, स्विस बैंकमा ५५ नेपालीको ५२ अर्ब

काठमाडौं । स्विस बैंकमा ५५ नेपालीका नाममा ४६ करोड आठ लाख २१ हजार स्विस फ्र्यांक ९हालको विनिमय दरअनुसार ५२ अर्ब सात करोड २७ लाख ७३ हजार रूपैयाँ० बचत गरेको तथ्य खोजपत्रकारिता केन्द्र नेपालले बुधबार सार्वजनिक गरेको छ। यसबापत उनीहरूले ६९ लाख ७४ हजार स्विस फ्र्यांक ९७७ करोड ४१ लाख १४ हजार रूपैयाँ० ब्याजसमेत पाइसकेका छन्। 

 

खोज पत्रकारिता केन्द्र (खोपके) को टिमले खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस’ (आइसिआइजे) सँगको सहकार्यमा एक वर्ष लगाएर गरेको खोजको खुलासा हो– नेपाललिक्स २०१९।


नेपाललिक्समा नेपालीले विदेशी बैंकमा राखेको धन र नेपालमा वैदेशिक लगानीमार्फत आएको ‘ट्याक्स हेवन’ को रकमबारे विस्तृतमा उल्लेख छ। अन्य देशसँग सूचना लिन नेपाल सरकारले पारस्परिक सूचना आदानप्रदानसम्बन्धी सम्झौता नगरेका कारण त्यो रकम फिर्ता गर्न त के रकम राखिएको विषयमा अध्ययनमै कठिन छ।


नेपाललिक्सका अनुसार नेपालमा सशस्त्र द्वन्द्व सुरु भएकै वर्ष सन् १९९६ अर्थात् २०५२ सालदेखि नेपालीले स्विस बैंकमा रकम जम्मा गर्न थालेको देखिन्छ। स्विस नेसनल बैंकले २०१७ मा सार्वजनिक गरेको विवरणअनुसार पहिलो वर्ष नेपालीले एक करोड १० लाख ४२ हजार स्विस फ्र्यांक अर्थात् एक अर्ब २४ करोड ७७ लाख ४६ हजार रूपैयाँ बचत भएको देखिन्छ। 


द्वन्द्वकालको १० वर्षे अवधिमा २४ करोड दुई लाख ७२ हजार स्विस फ्र्यांक (२७ अर्ब १५ करोड सात लाख ३६ हजार रूपैयाँ०) नेपालीले स्विस बैंकमा रकम जम्मा गरेका छन्। नागरिक दैनिकबाट । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार