• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
पत्रपत्रिका

प्रम ओलीको निर्देशन, टुटल र पठाओलाई नरोक्नु 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने ‘टुटल’ र ‘पठाओ’लाई रोक नलगाउन निर्देशन दिएका छन् । उनले यस्ता सेवालाई व्यवस्थापनको बाटो अपनाउन सकिने तर अहिले जे अवस्थामा छ, चलिरहेको छ, त्यस्तै छोडिदिन भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठलाई निर्देशन गरेका हुन् । 


मन्त्री महासेठकै निर्देशनअनुसार ट्राफिक प्रहरीले यस्ता सेवामा रोक लगाएको थियो । तर, यो सेवा रोकेकामा सर्वसाधारणबाट समेत सरकारको आलोचना भएपछि प्रधानमन्त्री ओलीले महासेठलाई यस्ता विषयहरुमा ‘ह्याभोक क्रिएट’ नगर्न भनेका हुन् । कान्तिपुर दैनिकबाट । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार