• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
पत्रपत्रिका

प्रम ओलीलाई भेट्न आइपुगे झापाबाट मतदाताः भन्छन्–‘रिले अनसन बस्न तयार छौं’

काठमाडौं । सुरक्षाको माग गर्दै काठमाडौ आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीका मतदाताले आफ्नो माग उपर सुनुवाइ नभएको र १० दिन पर्खदा पनि प्रधानमन्त्रीलाई भेट्न नदिइएकाले काठमाडौँमै रिले अनसन बस्ने चेतावनी दिएका छन् ।

 

झापामा स्थापना गर्न लागिएको दमक औद्योगिक क्षेत्र लिमिटेडले अधिग्रहण गरेको जग्गाको उचित मुआब्जाको माग गर्दै उनीहरुले मुआब्जा दिनुको साटो मोवाइलबाट ज्याने मार्ने धम्की आएको गुनासो गरेका छन ।

 

औद्योगिक क्षेत्र व्यवस्थापन संघर्ष समितिद्वारा बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समिति सचिव करनसिंह बस्नेतले अधिग्रहण गरिएको जग्गाबापत उचित मुआब्जा नदिइएको बताए।

 

‘हामी बिकास विरोधी होइनौं, उद्योग स्थापना भएर बिकास होस् भन्ने चाहना हो तर हाम्रो खाइ जिविकाको बाटो नै बन्द भएमा चुप बस्दैनौं’ उनले भने–दमकमा धेरै कार्यक्रम ग¥यौं, हाम्रो आवाज सुनिएन र केही नलागेपछि काठमाडौंमै आएका हौं ।’

 

‘हाम्रो शान्तिपूर्ण जुलुसमा पनि आक्रमण भयो, पटकपटक विभिन्न व्यक्ति र समूहले आन्दोलन रोक्न चेतावनी दिँदै आएका छन्’ संघर्ष समिति सचिव बस्नेतले थपे –‘हाम्रो माग जायज भएपछि यसको विरोधमा अर्को उद्योग सरोकार समिति गठन गरिएको छ ।’

 

औद्योगिक क्षेत्र स्थापनाका लागि चाहिने २२ सय बिगाहा जग्गा मध्ये दमक नगरपालिकाले ९ सय ४२ बिगाहा जग्गा उपलब्ध गराएको छ भने बाँकी जग्गा गौरादह नगरपालिका र कमल गाउँपालिकाको अधिग्रहण गर्ने सरकारले तयारी गरेको छ । केही जग्गा पहिचान भइसके पनि १ सय ३ बिगाहा जग्गा कुन हो भन्ने अझै पनि टुंगो नलगाइएको समितिले जनाएको छ । नेपाल समाचार पत्रबाट ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार