• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
प्रविधी

चन्द्रमामा कपासको बीउ उमार्न चीन सफल

काठमाडौं । विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ प्रयोग , खोज र अनुसन्धान जारी छ । यसैको परिणामस्वरुप चीनले चीनले चन्द्रमामा कपासको बीउ उमारेको छ । यसलाई एक सफलताको रुपमा हेरिएको छ । 

 

चीनको अन्तरिक्ष अभियान चांगुअ ले चन्द्रमामा लिएर गएका  बीउ टुसाएको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ।चन्द्रमामा कुनै पनि जैविक पदार्थ उम्रिएको यो पहिलो घटना हो।

 

चिनियाँ सञ्चारमाध्यामहरुका अनुसार कपासका बीउ उम्रिएको र केहीमा कोपिला लाग्न थालेको छ । यसलाई लामो समय लाग्ने अन्तरिक्ष अन्वेषण अभियानका सम्बन्धमा महत्वपूर्ण उपलव्धिको रुपमा हेरिएको छ । 

 

चीनको चांगुअ फोर नामको अन्तरिक्ष वाहन पृथ्वीबाट नदेखिने चन्द्रमाको पल्लो भागमा अवतरण गर्ने पहिलो वाहन बनेको थियो। उक्त यान गत ३ जेनुअरीका दिन चन्द्रमाको पछाडि पट्टिको क्षेत्रको भौगोलिक अनुसन्धान गर्ने उपकरणहरूसहित त्यहाँ अवतरण गरेको थियो।

 

चांगुअ ४ अन्तरिक्ष यानले आफ्ना साथ कपास र आलुको बीउ चन्द्रमामा लिएर गएको थियो। तर चन्द्रमामा नियन्त्रित वातावरणमा बिरुवा उमारिएको भने यो पहिलो पटक हो । बीबीसीको सहयोगमा । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार