• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
प्रविधी

ट्याक्सी व्यवसायीको दबाबमा टुटल र पठाओ सेवा बन्द 

काठमाडौं । उपत्यकामा चल्दै आएको टुटल र पठाओ सेवा बन्द भएको छ । उपत्यकामा ट्राफिक प्रहरीको सक्रियतामा यो सेवालाई बन्द गरिएको हो । 

 

नयाँ सञ्चार प्रविधिमा आधारित व्यवसाय टुटल र पठाओ सेवालाई उपत्यकामा चल्दै आएका ट्याक्सी व्यवसायीको दबाबमा परेर ट्राफिक प्रहरीले बन्द गरको बताइएको छ ।

 

केही महिनाअधिदेखी यो व्यवसाय उपत्यकामा सुरु भएको हो । व्यवसाय भनेको निजी मोटरसाइकलमा यात्राको सुविधा दिने मोबाइल एप हुन्। यी एपले सेवा दिने मोटरसाइकल र यात्रुलाई जोड्ने गर्छन्।टुटल र पठाओ सेवाअन्तर्गत यात्रुलाई सेवा दिइरहेका चारजना मोटसाइकलधनीलाई कारबाही गर्दै ट्राफिक प्रहरीले उनीहरूको सेवा बन्द गरेको हो। 

 

उपत्यकामा सवारी अस्तव्यस्तता, बढ्दो सवारी जाम लगायतका कारणले पछिल्लो समय यो सेवा लोकप्रिय बन्दै गएको थियो । तर, ट्याक्सी सञ्चालकहरुमा भने यसले व्यवसायमा असर पारेको र यात्रुलाई ट्याक्सी नचढ्ने अवस्था पु¥याएको भन्दै यसको विरोधमा लागेका थिए । उनीहरुले यो नियमसंवत नभएको भन्दै ट्राफिक प्रहरीलाई दबाव दिएर सेवा बन्द गराएका हुन् । 


दुई वर्षअघि सेवा सुरु गरेको टुटलसँग १२ हजारभन्दा धेरै राइडर छन् भने चार महिनाअघि सञ्चालनमा आएको पठाओले ३० हजार राइडर रहेको बताएको छ। त्यस्तै, पठाओको एप दुई लाखपटक डाउनलोड भइसकेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार