• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

फरहान र सिवानीको रोमान्स स्विमिङ पूलमा 

काठमाडौं । बलिउडमा प्रेम कहानीको चर्चा दिनदिनै थप हुने गर्दछ । रोमान्सका लागि ख्याति कमाएका बलिउड हस्तिहरुको मिडिया गसिफ पनि मज्जाले चर्चामा आउने गरेको छ । 

 

चलचित्र निर्माता–दिर्नेशक फरहान अख्तर पनि अहिले रोमान्सममा गरिरहेको सार्वजनिक भएको छ । खुलासा उनी आफैले गरेका हुन् । उनी सिवानी दाण्डेकरसँग रोमान्स गरिरहेका छन् । 


मलाइका अरोरा खान र अर्जुन कपुरपछि यो जोडी बलिउडको हटकेक बनिरहेको छ । यो जोडी हालै मात्र स्विमिङ पूलमा रमाइरहेको तस्बिर सार्वजनिक भएको छ । जहाँ, सिवानीलाई विकिनी अवतारमा देख्न सकिन्छ ।

 

सिवानी फरहानको अंकमालमा देखिएकी छिन् । फरहानले आफै ट्विटरमा सिवानीसँगको तस्बिर शेयर गरेका छन् । फरहान र सिवानीको यो जोडीलाई दर्शकले रुचाएका छन् भने सामाजिक संजालमा कतिपयले आलोचना पनि गरेका छन् ।


सुरुवाती दिनमा फरहानले सिवानीसँगको सम्बन्धलाई लुकाएका थिए । तर, अहिले यो जोडी भने आफूलाई खुलेयाम मस्ती गर्दै गरेको अवस्थामा सार्वजनिक गरिरहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार