• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
पत्रपत्रिका

जनप्रतिनिधीले किन कुट्छन् कर्मचारी?

काठमाडौँ । जनप्रतिनिधिले नै कानुन हातमा लिएपछि त्यसको कार्यान्वयन कसले गर्ला ? प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव कानुन कार्यान्वयन होइन, कानुन हातमा लिएर जनप्रतिनिधिको दायित्वबाटै विमुख भएका छन् । मन्त्री यादवले आइतबार उद्योग, वन, पर्यटन तथा वातावरण सचिव विद्यानाथ झालाई हातपात गरे ।
 

यसरी कानुन हातमा लिएर कर्मचारीमाथि आक्रमण गर्ने विजय पहिलो व्यक्ति भने होइनन् । यसअघि पनि दुई मन्त्रीले यसै गरी कर्मचारीमाथि कुटपिट गरेका थिए । २०६६ कात्तिक २४ मा तत्कालीन कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमले आफूलाई सिमरा विमानस्थलमा पुरानो गाडी पठाएको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीमाथि हातपात गरेकी थिइन् । 


केन्द्र र प्रदेशमा मात्र होइन, यस्ता घटनामा स्थानीय तहमा पनि भएका छन् । नगरपालिका र गाँउपालिकाका प्रमुख–उपप्रमुखले प्रमुख प्रशासकीय अधिकृत तथा लेखापालमाथि हातपात गरेका घटना पनि सार्वजनिक हुने गरेका छन् । नागरिक दैनिकबाट ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार