• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
पत्रपत्रिका

काँग्रेसको तयारीः स्थानीयतहसम्म जागरण अभियान र सदस्यता वितरण 

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको संशोधित विधानअनुसार केन्द्रदेखि स्थानीय तहसम्म कार्यक्रम गर्ने गरी खाका ल्याउने तयारी गरेको छ ।


प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि प्रतिपक्षको हैसियतमा पुगेको कांग्रेसले हालै संशोधन गरेको संघीय संरचनाअनुसारको विधानलाई टेकेर केन्द्रदेखि स्थानीय तहसम्म जागरण अभियानको तयारी गरेको हो ।


कांग्रेसले १० माघका लागि केन्द्रीय समिति बैठकसमेत बोलाएको छ । बैठकले संशोधित विधानअनुसार केन्द्रदेखि स्थानीय तहसम्मका लागि कार्यक्रमसहितको रणनीति बनाउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।


‘१० माघमा केन्द्रीय समिति बोलाइएको छ, पार्टीले अब संशोधित विधानअनुसार केन्द्रदेखि स्थानीय तहसम्मको कार्यक्रमको खाका ल्याउँछ,’ प्रवक्ता शर्माले राजधानीसँग भने । राजधानी दैनिकबाट ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार