• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
अर्थ

मन्त्री अधिकारीलाई बर्खास्त गर्न प्रदेश सांसदहरुको माग

काठमाडौं । प्रदेश ५ का सांसदले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई बर्खास्त गर्न सरकारसँग माग गरेका छन् ।

 

आज बसेको प्रदेश ५ को प्रदेशसभा बैठकमा विपक्षी नेपाली कांग्रेसका सांसद फकरुद्दीन खाँले राष्ट्रको छवि धुमिल हुन नदिन पनि मन्त्री अधिकारीलाई बर्खास्त गर्नुपर्ने माग गरेका हुन् ।

 

सांसद खाँले मन्त्री अधिकारीलाई नहटाए उनले अध्यक्षता गर्ने कार्यक्रम लुम्बिनीका बासिन्दाले बहिस्कार गर्ने चेतावनीसमेत दिए ।

 

बैठकमा सांसद वीरबहादुर लामाले प्रदेश सरकारले खरिद गरेका गाडीमा भएको भ्रष्टाचार छानविनको माग गरेका छन् । बैठकमा अरु सांसदले पनि गाडी खरीदबारे छानविन गर्न माग गरेका छन् ।

 

मुख्यमन्त्री शंकर पोखरेलले भने लेखा समितिले पुर्वाग्रही भएर आरोप लगाएको भन्दै मन्त्री अधिकारीको बचाउ गरेका छन् । पैसा पठाउँदैमा कोही भ्रष्टाचारी नहुने भन्दै मुख्यमन्त्री पोखरेलले सरकारको न्यायिक समितिले सत्य पत्ता लगाउने बताए ।

 

उता, प्रदेश ५ को गाडी खरीद प्रक्रियामा अनिमिताबारे लेखा समितिले छानविन गर्ने भन्दै हल्लाका भरमा नहिँड्न मुख्यमन्त्री पोखरेलले आग्रह गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार