• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
शिक्षा

त्रिवि व्यवस्थापन संकायको प्रथम सेमेस्टरको नतिजा ८२ प्रतिशत

कीर्तिपुर । त्रिवि व्यवस्थापन संकाय अन्तरगत स्नातकोत्तर तहमा यस वर्षको प्रथम सेमेस्टरको हालै प्रकाशित नतिजामा औषतमा बयासी प्रतिशतभन्दा माथि विद्यार्थीहरु उत्तीर्ण हुन सफल भएका छन् ।

 

व्यवस्थापन संकाय डीनको कार्यालयका अनुसार देशभर पहिलोपटक शुरु गरिएको सेमेस्टर प्रणालीको पठनपाठन अन्तरगत पहिलो सेमेस्टरको नतिजामा उपत्यकाबाहिरका क्याम्पस÷कलेजहरुबाट ८७.८९ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् ।

 

यसैगरी उपत्यकाभित्रका क्याम्पस/कलेजहरुबाट ९१.७४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।

 

यहि वर्षदेखि उपत्यकाबाहिरका क्याम्पसहरुमा समेत सेमेस्टर प्रणाली अनिवार्य गरिएको हो । यसअघि गतवर्षसम्म त्रिवि कीर्तिपुरस्थित विभाग र उपत्यकाभित्रका क्याम्पसहरुमा मात्र सेमेस्टर प्रणालीमा पठनपाठन भइरहेको थियो ।

 

यो सन् २०१९ को लागि भर्ना भएका विद्यार्थीहरुको पहिलो सेमेस्टरको नतिजा हो । यो नतिजा देशभरको औषतमा ८२.२१ प्रतिशत उत्तीर्ण हो ।

 

यस नतिजाले विगत वर्षहरुको वार्षिक प्रणालीमा भएका कमी कमजोरीहरु सुधार गरी सेमेस्टर प्रणालीमा गएपछि व्यवस्थापन संकायमा गुणस्तरीय पठनपाठन भइरहेको र नतिजा राम्रो आएको देखाएको छ ।

 

यस वर्ष उपत्यका भित्र र उपत्यकाबाहिरका क्याम्पसहरुमा व्यवस्थापन संकायको स्नातकोत्तर तह पहिलो सेमेस्टरमा ६ हजार तीन सय साठीभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

 

त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले व्यवस्थापन संकायको प्रथम सेमेस्टरको परीक्षा तोकिएको समयमा सम्पन्न भई निर्धारित समयमा नतिजा प्रकाशन हुनु र ८० प्रतिशतभन्दा बढी उत्तीर्ण भएको नतिजा आउनुले सबैमा सकारात्मक सन्देश दिएको बताए ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार