• शनिबार १-८-२०८१/Saturday 04-20-2024
शिक्षा

सिकाइको नमुना आदर्श हो आदर्श माध्यामिक विद्यालय

शर्मिला तिमल्सिना, धादिङ ।राजधानी नजिकको एउटा यस्तो सुन्दर बस्ती धादिङ्गको गजुरी गाउँपालिका वडा न १ बोझेटारमाबि.स. २०१० सालमा प्रकाश राष्ट्रिय प्राइमरीको नाममा स्थापना भएको बिद्यालय हो । स्थापनाकालका शिक्षक बिद्यालयको प्राथमिक बिद्यालय रहदाकाप्रधानध्यापक कृष्ण बहादुर कार्की साथै बिद्यार्थी सामु अर्का लोकप्रिय शिक्षक स्व. मोहन बिक्रम बस्नेत तत्कालिन बिद्यार्थीका प्रेरणाका स्रोत मानिन्छन । तत्कालिन समयमाकक्षा ५ सम्मको अध्यान हुने त्यस बिद्यालयमा स्थापना बर्षमा बार्षिक खर्च रु ३०० सरकारबाट निकासा भएको देखिन्छ ।यस बिद्यालयका संस्थापकशिक्षकहरु तथा यस क्षेत्रका मान्यजन तथा यस बिद्यालयको हालको अबस्था सम्म पु¥याउने कार्यका सम्बाहक सम्पुुर्ण गजुरीबासीको यस महान कार्य हाल पनि इतिहासको स्वर्णिम पानामा लेखिएको छ ।स्थापना कालमा बोझेटारमा रहेको स्कुल ठाँउ अभावमा गोदाम चौरमा स¥यो । तर सो स्थानमा सैनिक ब्यारेकको स्थापना भए सोहीे  छात्रावासको माथिल्लो बगैचामा बिद्यालय स्थापना गर्न तत्कालिन समयका  धादिङ्ग जिल्ला सभापति चन्द्रिका नन्द खरेलको सुझाव अनुसार सो ठाँउमा उपयुक्त हुने सुझाव अनुसार सार्ने निर्णय भयो । सो जग्गा उप्रेतीहरुको रहेको सो कार्यक्रम सभापति खरेलले उक्त कार्यक्रमको  अध्यक्ष कृष्ण प्रसाद उपे्रती बनाई फुलमालाले स्वागत गरेको जानकारहरु बताउछन ।सो क्षेत्रमा हाल चेपाङ्ग छात्राबास र श्रोत केन्द्र छ ।

 

स्थापना कालदेखि हाल सम्म आइपुग्दा बिद्यालयको यस अबस्था सम्म आइपुग्न त्यस क्षेत्रका शिक्षा क्षेत्रका हस्तीहरु जसको सकारात्मक सोचका कारण हाल हजारौ दक्ष शिक्षित जनशक्ति उत्पादन गरिरहेको भेटिन्छ । यस महान कार्यको लागि त्यस क्षेत्रका कृष्ण बहादुर कार्की, स्व मोहन बिक्रम बस्नेत, ठाकुर प्रसाद शर्मा, स्व. रामदास श्रेष्ठ, पुरुषोतम दास श्रेष्ठ, स्व. नारायण दास श्रेष्ठ, स्व. जित दास, आशदिप शाक्य, खेमराज उप्रेती, सुमनदास श्रेष्ठ,बद्रि प्रसाद रिजाल, गोपाल कडेल, सुर्दशन पाण्डे, खेमराज उप्रेती लगायत तत्कालिन सकारात्मक सोच भएको शिक्षा सेबी धैरै मानिसको नामलाई मैले समाबिष्ट गर्न सकिन त्यस ओजपुर्ण सहयोग सदभाव र हाल सम्म आइपुग्दा बिद्यालय संग सरोकार राख्ने हरेक ब्यक्तित्वले तत्कालिन समयमा सहयोगी हातहरुको जहिले पनि मुक्तकण्ठले प्रशंसा र नमन गर्न छोड्ने छैन । तत्कालिन शिक्षा नियमवलीमा  प्रमुख जिल्ला अधिकारी माध्यमिक बिद्यालय सञ्चालक समितिको अध्यक्ष हुने ब्यबस्था अनुरुप बिद्यालय सञ्चालक समितिको पहिलो बैठकप्रमुख जिल्ला अधिकारी स्व. मदन कृष्ण श्रेष्ठ अध्यक्षतामा आदर्श माध्यमिक बिद्यालयको  बैठकले पहिलो प्रधानध्यापक ठाकुर प्रसाद शर्मा र अन्य शिक्षकहरुको नियुक्ति सगै बिभिन्न भौतिक आर्थिक समस्याका बिच धादिङ्गको पहिलो हाईस्कुल बिस २०२५ पुस ५ मा बिधीबत् रुपमा आदर्श माध्यमिक बिद्यालय शैक्षिक बिकाश र जनशक्ति बिकाशमा स्थापित उर्बर नामको रुपमा रहेको छ ।

 

सकारात्मक सोच उच्च कार्य क्षमता भएका प्रथम प्रधानध्यापक शर्मा करिब १७ बर्ष प्रधानध्यापक रहनु भएको उहाँको कार्यकालमा बिद्यालयको भौतिक शैक्षिक क्षेत्रमा उल्लेखनिय फड्को मारेको देखिन्छ । शर्मा बिद्यालयका साहसी निडर र ठोस निर्णय गर्न सक्ने प्रअको रुपमा चिनिनुहुन्छ । स्थापनाकालमाबिद्यालय सञ्चालनको क्रममा गजुरी बाहिरका शिक्षकहरुको लागि स्थानिय अबिभावकले आफ्नो घरमा  शिक्षकलाई बस्ने खाने ब्यबस्था गरि तत्कालनि समयमा बिद्यालयलाई  जिवन्त दिने कार्यमा गजुरी बासीको शिक्षा प्राप्ती प्रतिको चिन्ता ऐतिहासिक देखिन्छ । स्थापनाकालमा शिक्षक नियुक्ती सगैसबै  शिक्षकलाई खाजा खर्च बापत मासिक रु ३० उपलब्ध गर्ने निर्णय भएको थियो ।सो क्रममा यस बिद्यालयको निर्माण सम्बन्धन तथा कक्षा सञ्चालनमा यस क्षेत्रका बिद्यालय संग सरोकारवाला निकाय र अबिभावकहरुको भुमिका सहरानीय छ ।स्थापना सगै बिद्यालयको सञ्चालन बिद्यार्थी संकलन भौतिक अभाव जस्ता बिभिन्न चुनौतीका पहाडहरु बिच बिद्यालयको कुशल नेतृत्व र अबिभावकको इच्छशक्तिले बिद्यालय हालको स्थानमा आउन सहज भएको देखिन्छ । यसमा कुशल बिद्यालय ब्यबस्थापन,नेतृत्व र तत्कालिन अबिभावकको बिद्यालय खोल्ने चाहाना बिद्यालय निर्माण क्रममा कार्य बिभाजन अहिले पनि ऐतिहासिक दस्ताबेजमा स्वर्णिम बनेका छन ।

 

स्थापना कालमा भौतिक अभाब झोलेको बिद्यालय बि.स. २०३२ सालमा तत्कालिन बाग्मती अञ्चलाधिस सुर्य प्रसाद श्रेष्ठ गजुरी भ्रमणमा जादा बिद्यालयका ब्यबथापन समिति बिद्यालय परिबार लगायत सरोकार वाला निकायले बिद्यालय अबलोकन गर्न गरेको आग्रहलाई स्वीकार गर्दा बिद्यालयको अबस्था बारेमा जानकारी गराइएको रतत्कालिन पृथ्वी राजमार्ग निर्माण क्रममा चिनिया क्याम्प बसेको भबन उपलब्ध गराईदिन अनुरोध गरे सगै सडकको स्वामित्वमा रहेको उक्त भवन अञ्चलाधिसको निर्देशनमा बिद्यालयलाई उपलब्ध गराउने निर्णय सगै बिद्यालय भौतिक रुपमा केही सबल भएको देखिन्छ । सुरुमा बिभिन्न भौतिक आर्थिक चपेटामा रहेको बिद्यालय बि.स.२०३२ राष्ट्रिय शिक्षा पद्धती मा रुपान्तरण सगै केही स्तरमा बृद्धि भएको देखिन्छ । सो समय पछि  निजि स्रोतबाट आश्रित बिद्यालय स्वत सरकारी स्रोतमा रुपान्तरण भएको हो । तत्कालिन समयमा बिद्यालयले स्थायी स्विकृत पाउन एकदमै कठिन हुन्थ्यो स्विकृत पछि सरकारबाट बार्षिक रु ७५०० अनुदान रकम पाउथ्यो । ब्यबस्थापन, अबिभावकको अथक प्रयास पछि तत्कालिन शिक्षा मन्त्रीले स्थायी स्विकृत गरे सगै बिद्यालयको भौतिक तथा शैक्षिक क्षेत्रका फड्को मारेको देखिन्छ । बिद्यालयको स्थापना गजुरीबासीको सहयोगमा स्थानिय स्रोत, साधन र जनशक्तिको प्रयोग स्थानिय थाकल कटुसका स्याउलाबाट निर्मित छानो  खेतका आली डेक्स बेन्च बाट सुरु भएको बिद्यालय हाल भौतिक र गुणस्तरमा अब्बल रहेको छ । 

 


स्थापना कालमा बिद्यालयको सम्पुर्ण शुभेच्छुकहरु र स्थानिय शिक्षा प्रेमीको सहयोगमा काँचो इटाबाट बिद्यालयको कोठा निर्माण, स्याउलाको छानो स्थानिय साधनबाट निर्मित डेक्स बेन्च निर्माणमा गजुरीबासी अहोरात्र खटिई निर्माण बिद्यालयको भौतिक स्वरुप सुरुभएको थियो ।स्थापना कालमा बिद्यालय सञ्चालनको लागि स्थानिय अभिभावकको सकारात्मक सोच,जागरण र शिक्षा प्रतिको चाहाना भएको कारण स्थानिय उत्पादन हुने ध्यु तथा घरपालुवा जनावर बिक्री गरि खाद्यन्नको लागि जोहो गरेको चामल बेचेर सातु खोले खाई आफ्ना सन्तानको भबिष्य उज्वल हुने आसमा खाली खुटा र फाटेको कपडा समेतको प्रबाह नगरी खुल्ला मनले बिद्यालयको बिकाश र सञ्चालनमा सहयोग गरेको भेटिन्छ । 

 


तत्कालिन पृथ्वीराजमार्ग निर्माण क्रममा प्रयोग भएको भवन बिद्यालयलाई प्राप्ती भए सगै बिद्यालयले सामान्य रुपको संरचना बिस्तार कच्ची बाट पक्की तर्फ स्तरोउन्नती भएको पाइन्छ । बिद्यालयको शैक्षिक इतिहास हेर्दा सर्बप्रथम २०२६ सालमा दुई जना बिद्यार्थी बाट एस.एल.सी. परिक्षामा सामेल भएको बिद्यालय हाल आएर हजारौ अब्बल जनशक्ति उत्पादन गर्ने केन्द्रको रुपमा बिकाश भएको देखिन्छ । 
हाल यस बिद्यालयको शैक्षिक देनका कारण देशका बिभिन्न तह र क्षेत्रमा हजारौ दक्ष बिद्यार्थी कार्यरत छन् । प्राबिधीक तथा अप्राबिधीक बिभिन्न क्षेत्रमा हजारौ जनशक्ती उत्पादनमा यस बिद्यालय हाल सम्म पनि अझ समय सापेक्ष शिक्षा प्रणाली र सिकाईमा नबिन आयमको प्रयोग गरि शिक्षा प्रबाहमा अझ कटिबद्ध देखिन्छ । भबिष्य निर्धारण गर्ने बिद्यालयबाट उत्पादित पुर्ब बिद्यार्थीहरु बिभिन्न नेतृत्व तहमा पुग्दा बिद्यालयको बिकाश र उन्नती पुर्ब बिद्यार्थीहरुले बिद्यालयको बिकाश साझेदारीमा खोलो त¥यो लौरो बिर्र्सिए जस्तो देखिन्छ । 

 


माध्यमिक बिद्यालयका प्रथम प्रधानध्यापक ठाकुर प्रसाद शर्मा बाट सुरु भएको  बिद्यालय नेतृत्व हाल पाँचौ प्रधानध्यापकको रुपमा राघब प्रसाद लालकर्णको पालामा आइपुग्दा उल्लेखनिय फड्को मारेको देखिन्छ । हाल धादिङ्गको स्थापित बिद्यालयको रुपमा रहेको यस संस्थाले नेपालका बिभिन्न तह र क्षेत्रमा नेतृत्व गर्ने नेता तथा ब्यक्तित्वहरुको उत्पादन केन्द्रको रुपमा हेरिन्छ । यस उर्बर बिद्यालयले २०४९ सालमा  स्थापनाको २५ बर्ष गाठको रजत जयन्ती मनायो । बिद्यालय स्थापनाको ५० औ बर्ष स्बर्ण जयन्ती कार्यक्रमलाई सभ्य र भब्य बनाउन यस बिद्यालयका प्रथम प्रअको संयोजनमा पुर्ब बिद्यार्थीहरुको भेला २०७४ साउन २१ मा राजधानीमा ग¥यो म पनि पुर्ब बिद्यार्थीको हैसियतले उपस्थित हुदा र यस बिद्यालयका सहपाठी मित्रहरु बिचमा बालापनको याद ताजा पार्दा सायद हामी बिद्यालय परिबार प्रती सधै ऋणी अनुभुति गरिरहेका थियौ । कार्यक्रमा सो बिद्यालयका प्रथम प्राध्यानध्यापक शर्माको अमृत बाणी सुन्न पाउदा बालापनको अनुभुति भइरहेको थियो । उपस्थित भेला सरको भनाइ सुन्न बिद्यालयको कक्षा कोठामा हुदा जस्तै अनुशासित  भएका साथीहरु देख्दा फेरी बिद्यालयको कक्षामा त छैन भनि अनुभुत गरिरहेका थियौ ।

 

कार्यक्रमा सम्पुर्ण सरोकारवाल मानिसहरुको उपस्थितिले सो कार्यक्रम भब्य बनाउने र यथासक्य सबैले सहयोग गर्ने बचन प्राप्त भएको थियो । बिद्यालयको स्थापना दिवस पुस ५ भएको तर सो कार्यक्रम ब्यबस्थित गर्न केही पर सारिएको थियो सो अबसरका बिद्यालय प्रागणमा सप्ताहज्ञान महायज्ञको आयोजना गरि पुर्ब बिद्यार्थी तथा सहयोगी हातहरुबाट केही रकम संकलन गर्ने ध्येका साथ पण्डितराजकुमार खनालको मुखारबृन्दबाट पुराण बाचन तथा प्रदेशनं. ३ प्रमुख अनुराधा कोइरालाको बाहुलीबाट उद्घाटन पश्चात सो महायज्ञ सञ्चालन गरियो ।यस कार्यमा राजनितिक खिचातानीले अछुतो हुन नसक्नु दुर्भाग्यको कुरा हो । यस कार्यक्रमा यस क्षेत्रमा बाहुल्य रहेको देशको ठुलो राजनितिक दल सम्बद्धकार्यकर्ता दुई ध्रुबमा रही यस्तो पबित्र र महान कार्य असफल बनाउने अथकप्रयास गरेपनि बिद्यालय ब्यवस्थापन र यसकार्यको पक्षका मानिसको बाहुल्यता बढी भई अबरोध गर्ने प्रयास पुर्ण असफल भएको थियो । बिद्यालय जस्तो पबित्र स्थलका कार्यक्रममा राजनितिकरण हुनुले भबिष्यको लागि उज्वल जनशक्ति उत्पादनमा अबरोधका साथै बिद्यालय उमेरका बालबालिकामा नकारात्मक छाप पर्ने राजनिति पनि कहाँ उपयुक्त हुन्छ सो को बिचार गरेर यसको प्रयोग गर्ने भन्ने कुरामा ध्यान सम्बद्ध पक्षको पुग्नु जरुरी देखिन्छ ।कार्यक्रम सफलताको लागि बिद्यालयको बिभिन्न अबरोधका कारण आफ्नो स्वर्ण जयन्ती मनाउने कार्यक्रम तोकिएको मितिमा सम्पन्न ग¥यो  तर स्मारिका प्रकाशन र बितरणमा भने केही ढिला भयो । बिद्यालयका पुर्व बिद्यार्थीहरुले पनि बिद्यालयको स्मारिका अध्यान गर्न नपाएको गुनासो बजारमा यथेष्ट आएको थियो यसमा सम्बन्धित ब्यबस्थापनको आगामी कार्यदिशा परिबर्तन गरे फेरी गल्ती नदोहेरिने देखिन्छ ।

 


यसै २०७५ पुस ५ गते बिद्यायलको ५१ औ बार्षिक उत्सव अबिभावक भेलामा म पनि पुर्ब बिद्यार्थीको हैसियतले सहभागीता जनाउने मौका मिल्यो । सो भेलामा जिल्ला समन्वय समिति शिक्षा इकाई र बिद्यालय ब्यबस्थापनको सयुक्त प्रयासमा निमांंण भएकोआठ कोठे पक्की भवन ५१ औ बार्षिक कार्यक्रमका बिच प्रतिनिधी सभा सदस्य माननिय भुमी त्रिपाठीले उद्घाटन गर्नु भयो । उक्त कार्यक्रममा बिद्यालयका सरोकार वाला बिद्यार्थी अबिभावक सबै बाक्लो उपस्थिती रहेको थियो । यस भिडले बिद्यालयको लामो समय प्र.अ. हुनुभएका ठाकुर प्रसाद शर्माको आबश्यकता महशुस गरेको थियो । उहाँको  अनुपस्थितीले कार्यक्रम खल्लो अनुभुति भयो । यस बिषयमा मैले उहाँलाई बुझ्दा यस कार्यक्रमको निर्धारित समयको अघिल्लो राती मात्र खबर प्राप्त भएको यस अघिनै पुर्ब निर्धारित अन्य कार्यक्रम तय भएकोले अनुपस्थित हुन नसकेको तितो यथार्थ सुनाउनु भयो । यसबाट बिद्यालयको ब्यवस्थापकिय पक्षको बिषयमा स्पष्ट हुन्छ । 

 


उक्त कार्यक्रमको स्वागत शत्रमा साना दुई बालिकाको मन छुने नृत्यले सबैको ध्यान खिचेको देखिन्थ्यो । अन्य निर्धारित कार्यक्रम अत्यान्त सुन्दर रहेको अनुभुति भयो । सो कार्यक्रमा सास्कृतिक शोभा बढाउन देबिदत्त गण गजुरीको सहयोगमा बिद्यालयका बिद्यार्थीलाई प्रदान भएको ल्ऋऋ तालिम लिएका भाइबहिनीहरुको मौलिक र सांस्कृति प्रस्तुति साच्चै सम्झना लायक थियो । 

 


कार्यक्रममा बिद्यालयका प्रधानध्यापक राघवलाल कर्णले बिद्यालयको कार्यपत्र प्रस्तुत गर्दे बिद्यालयले आफ्नो स्रोत र साधनले भ्याए सम्म कुनै पनि शैक्षिक वातावरणमा कसर नराख्ने बताउनु भयो । बिद्यालयको बिगत भन्दा अहिले राम्रो भएको भए पनि उपयुक्त खेलमैदान, बिज्ञान ल्याव, कम्प्युटर, खेल सामग्री, शैक्षिक सामग्रीको अभाव रहेको यसमा राज्यको ध्यान गए आगामी दिनमा बिद्यालयको सिकाईमा थप परिपक्व पार्न सकिने कुरा बताए । उक्त कार्यपत्रमा बिद्यालयमा हाल स्थायी, अस्थायी निजी श्रोत र करार गरि जम्मा ३१ कर्मचारी रहेको साथै समय सान्दर्भिक शिक्षा दिने हो भने अझै पनि केही अपुग रहेको कुरा दर्शाउनु भयो । समय सापेक्ष शिक्षा पद्धती सुधार हुन नसकेकोले बिद्यालयमा बिद्यार्थी आर्कषण गर्न नसकिएको तितो अनुभव सुनाए ।

 


कार्यक्रममा बोल्दै संघिय संसद माननिय भुमि त्रिपाठीले बिद्यालयको हाता भित्र रहेको सडक बिभागको जग्गा आफ्नो कार्यकालका बिद्यालयको नाममा ल्याउने प्रतिबद्धता यसै जनमासमालाई साक्षी राखि पुरा गर्ने बाचा गरे उनको त्यो बाचाले कतिको सार्थकता पाउने हो त्यो आगामी समयले देखाउने छ ।सो पुरा भए बिद्यालयको प्रगतीमा एक कोशेढुङ्गा साबित हुनेछ । त्रिपाठी सो बिद्यालयको पुर्ब बिद्यार्थी समेत हुन । 
उक्त कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत, सो वडाका वडा अध्यक्ष राजकुमारपण्डितको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै बस्नेत र पण्डितले आफ्नो धारणा राख्ने क्रममा आफ्नो क्षेत्रको बिद्यालयको भौतिक,शैक्षिक समय सापेक्ष सुधारमा कुनै कसर बाँकी नराख्ने यसको लागि सबै क्षेत्र संग सहकार्य गर्ने बताए ।

 

बिद्यालयको उक्त कार्यक्रम भब्य  र सभ्य बनाउन तल्लिन सहयोगी स्वंय सेवक बिद्यार्थी, अभिभावक, बिद्यालय व्यवस्थापन परिवार, बिद्यालय कर्मचारी परिवार, सम्बद्ध सबै पक्षमा धन्यवाद ज्ञापन गर्दे आगामी यस्ता कार्यक्रम थप ब्यबस्थित र मननयोग्य हुने कुरा बिश्वास लिएको छु ।  
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार