• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

विवेकशील साझा पार्टी फुट्यो, नयाँ दल दर्ताको तयारी

काठमाडौं । नेतृत्वमा रहेका रवीन्द्र मिश्र र उज्वल थापाबीच देखिएको असमझदारीका कारण विवेकशील साझा पार्टी विभाजित भएको छ ।

 

संयोजकमध्येका एक थापाले नयाँ दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

 

पार्टीका ३५ मध्ये १६ केन्द्रीय सदस्यले नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको बताइएको छ ।

 

रवीन्द्र मिश्र संयोजक रहेको साझा पार्टी र थापा संयोजक रहेको विवेकशील नेपाली दलबीच २०७४ साउन ११ गते एकता भएको थियो।

 

निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार थापाको नेतृत्वमा आएको टोलीले विवेकशील नेपाली दल दर्ताका लागि निवेदन दर्ता गरेको छ ।

 

आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिनेमा संयोजक थापा, रन्जु दर्शना, मिलन पाण्डे, विराज भट्टलगायतका नेताहरु रहेका छन् ।

 

यसअघि नेतृत्वको आलोचना गर्दै थापाले पार्टीका केन्द्रीय सदस्यहरुलाई सुझावपत्र दिएका थिए । पार्टी रणनीतिको समीक्षाका लागि १८ पानाको प्रतिवेदनसहितको सुझावपत्र सार्वजनिक भएको थियो ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार