• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

नेवि संघका आठ पदाधिकारीद्वारा सामुहिक राजीनामा

काठमाडौं । नेपाली काँग्रेसको शसक्त भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अनिश्चित भए संगै आठजना पदाधिकारीले सामुहिक राजीनामा दिएका छन् ।

 

संघका अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रवार पार्टी सभापति शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका हुन् ।

 

राजीनामा बुझाउनेमा उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन् ।

 

वर्तमान कार्यसमितिले १२ औं महाधिवेशन गर्न नसक्ने देखिएपछि निकास दिन राजीनामा गरिएको असन्तुष्ट नेताहरुले जानकारी दिएका छन् ।

 

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अनिश्चित भएपछि विघठनको संघारमा पुगेको छ ।

 

गत भदौमा म्याद सकिएको नेविसंघ केन्द्रीय समितिको महाधिवेशन गर्नको लागि भनि नेपाली काँग्रेसले पटक पटक म्याद थप्दै आएको थियो ।

 

विधानलाई लत्याउदै पटक पटक म्याद थप गर्दा समेत १४ जिल्लाको भन्दा बढि अधिवेशन गर्न नसके पछि नेविसंघ केन्द्रीय समिति स्वतः विगठनको संघारमा पुगेको छ ।

 

महाधिवेशनको लागि लामो समय सभापति शेरवहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको जुहारी नै चलेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार