• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
खेलकुद

राष्ट्रिय आमन्त्रण महिला कबड्डी प्रहरीले जित्यो

भक्तपुर । भक्तपुरमा सम्पन्न राष्ट्रिय आमन्त्रण महिला कबड्डी प्रतियोगिता-२०७५ को उपाधि विभागीय टोली नेपाल प्रहरीले हात पारेको छ ।

 

शुक्रबार सम्पन्न भएको फाइनल खेलमा नेपाल प्रहरीले भक्तपुरलाइ ४४/३० को स्कोरले पराजित गरेको थियो ।

 

सुपर लिगको खेलमा भक्तपुरसंग पराजित भएको नेपाल प्रहरी फाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको हो ।

 

उपाधिसंगै मेडल, ट्रफिसहित नगद ५० हजार पनि हात पारेको छ । उपविजेता भएको भक्तपुरले नगद र तीस हजार सहित मेडल र ट्रफी पनि हात पारेको छ ।

 

उक्त प्रतियोगिताको सान्त्वना पुरस्कार अर्को बिभागीय टोली शसस्त्र प्रहरी र काठमान्डूले जितेको छ ।  
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार