• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं । दुई सय ९७ औँ पृथ्वी जयन्तीका अवसरमा सिंहदरबारको पश्चिम मूलद्वारस्थित शालिकमा माल्यार्पणका लागि शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी पुगीन ।

 

माल्यार्पणमा मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मी  पनि पुगेका थिए ।

 

सो अबसरमा प्रज्ञाभवनबाट सुरु भएको र्‍याली  शालिकमा पुगेर कोणसभामा परिणत भयो भने र्याली तथा विभिन्न सांस्कृतिक झाँकीसमेत निकालिएको थियो ।

 

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले  पृथ्वी नारायण शाह नेपाल एकीकरणका नायक भएको बताएका छन ।

 

त्यसैगरी, सरकारका प्रवक्ता सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायत विभिन्न राजनीतिक दलका नेताहरुले पनि पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए ।

 

सो अवसरमा सर्वसाधारणले पनि सालिकमा माल्यार्पण गरेका थिए । उनीहरुले पृथ्वीनारायण शाह राष्ट्रिय एकताको प्रतीक भएको भन्दै राज्यले बिर्सन नहुने बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार