सुशासनको नारा लगाउदैं सरकार भ्रष्टाचारलाई बढावा दिदैंछ : प्रकाशमान सिंह
कैलाली । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ संविधानको संस्थागत गर्न सरकार चुकेको आरोप लगाएका छन ।
नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले सुशासनको नारा लगाउदैं भ्रष्टाचारलाई बढावा दिएको बताए ।
सिंहले विकास र समृद्धिको नारा लगाउने सरकारले भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप लगाएका छन ।
वाइडबडी विमान खरिद प्रकरणमा संसदीय समितिले प्रतिवेदन नदिइ सरकारले संसदको क्षेत्राधिकारलाई हस्तक्षेप गर्दै छुट्टै छानविन समिति बनाउनुले सरकारको नियत माथी प्रशन खडा भएको उनले बताए ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस