• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
खेलकुद

पाण्डेया र राहुललाई दुई खेलको प्रतिवन्ध 

भारतीय क्रिकेटर हार्दिक पाण्डेयालाई आज करके आया है अर्थात् आज गरेर आए भन्ने शव्द महँगो परेको छ । भारतीय टेलिभिजन कार्यक्रम कफि विथ करनमा भनेको यो शव्दले दुई खेलमा प्र्र्रतिवन्ध बेर्होनु परेको छ ।


पाण्डेयासँगै केएल राहुल पनि प्रतिवन्धमा परेका छन् । कार्यक्रमको दौरान हार्दिक पान्ड्यालाई उनको महिलासंगको सम्बन्धसँग जोडिएको प्रश्न गर्दा हार्दिकले अचम्मित पार्ने खालको जवाफ दिएका थिए। पहिलो पटक एक महिलासंग शारीरिक सम्बन्ध बनाएपछि हार्दिकले आफ्नो घरमा पुगेर सो कुरा बोलेको उनले कार्यक्रममा सुनाएका थिए । 

 

यो सँगै पाण्डेया र केएल राहुललाई दुई खेलको प्रतिबन्ध गर्न बीसीसीआईले सिफारिस गरेको छ।

 

भारतीय टेलिभिजन सो कफि विथ करनमा दिएको अभिब्यक्तिका आधारमा बीसीसीआइले दुबै खेलाडीलाई दुई खेलको प्रतिबन्ध लगाउन सिफारिस गरेको हो।

 

यसका साथै उनीहरुलाई अपिल गर्न २४ घण्टाको समयसमेत दिएको छ।

 

बीसीसीआईका अनुशासन कमिटीका प्रमुख विनोद रायले उनीहरुले माफी मागेर मात्र यो कारबाही पुरा नहुने भन्दै उनले यो कारबाही तत्कालका लागि लागू गर्नुपर्ने बताए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार