• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

चीनका राष्ट्रपतिद्वारा किमको निम्तो स्विकार, कोरिया भ्रमणमा निस्कन सक्ने 

दक्षिण कोरिया। चीनका राष्ट्रपति सी चिनफिङ कोरिया भ्रमणमा जाने भएका छन् । सी ले उत्तर कोरियाली नेता किम जोङ उनद्वारा प्योङयाङ भ्रमणका लागि दिएको निमन्त्रणालाई स्वीकारेका छन् ।

 

अन्तराष्ट्रिय समाचार संस्थाहरुका अनुसार सो कुराको जानकारी गराएका छन् । चिनियाँ राष्ट्रपति सीले नेता किमद्वारा दिएको निमन्त्रणालाई ‘खुशीसाथ स्वीकार’ गर्नुभएको छ,” केसीएनएले उत्तर कोरियाली अधिकारीको भनाई उद्धृत गरेको छ।

 

“मङ्गलबार बेइजिङमा भएको भेटवार्ताका क्रममा सीले प्योङयाङको भ्रमण योजनाबारे बताउनुभएको छ,” किमले स्वदेश फर्केपछि उक्त उत्तर कोरियाली समाचार संस्थासँगको कुराकानीमा बताएको जनाइएको छ। यद्यपि भ्रमण योजनाबारे बिस्तृत विवरण भने तत्काल सार्वजनिक गरिएको छैन। एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार