• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

आज २९७ औं पृथ्वी जयन्ती, राप्रपाले जितेका स्थानमा मात्र सार्वजनिक बिदा 

काठमाडौं । नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा भुरेटाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए ।

 

यही योगदानलाई कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२÷२०६३ सालको आन्दोलनपछि बनेको सरकारले यसलाई खारेज गरिदिएको थियो । तर, जनस्तरमा यो दिवस मनाउने क्रम भने कायमै छ । यसवर्ष पनि जनस्तरबाट भव्यताका साथ यो दिवस मनाईदै छ ।

 

राप्रपाले जितेका स्थानमा मात्र सार्वजनिक बिदा 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले जितेको स्थानीय तहमा मात्र पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सार्वजनिक बिदा दिइएको छ । 

 

राप्रपाले स्थानीय तहको निर्वाचनमा तीन तहमा जितेको थियो । नेपालगञ्ज उपमहानगरपालिका, झापाको कचनकवल तथा धादिङको रुवीभ्याली गाउँपालिका गरी तीन तहमात्र जितेको राप्रपाले शुक्रबार सार्वजनिक बिदा दिएको हो । 

 

धार्मिक रुपले नहेरी पार्टीगत रुपले हेरिएको छ । के हिन्दू, मुस्लिम, इसाई । राष्ट्र निर्माता पृथ्वीनारायण शाहले राष्ट्र एकीकरण गर्दा धर्म र जात हेरेनन् । 

 

राप्रपाले हिन्दू धर्मको वकालत गर्दै हिंडे पनि स्थानीय तहको निर्वाचनमा नेपालगञ्जमा हिन्दूधर्मी, कचनकबलमा मुस्लिमधर्मी र रवी भ्यालीमा प्रमुख इसाईधर्मी छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार