• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

संगठन व्यवस्थापन चुस्त नहुँदा कांग्रेस कमजोरः नेता सिंह

कैलाली । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संगठन व्यवस्थापन चुस्त नहुँदा पार्टी कमजोर बन्दै गएको बताएका छन् ।

 

नेपाली कांग्रेस कैलाली नगर समिति भजनीले बिहीबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले अन्य दलहरुले गर्न नसकेका कयौं ऐतिहासिक काम गर्ने कांग्रेसले आफ्नो पार्टी व्यवस्थित नभएकोमा दुःख ब्यक्त गरे ।

 

उनले भने,‘अनावश्यक स्वार्थमा नअल्मिकन विधि सम्वत रुपमा पार्टी संचालन गर्ने हो भने जुनसुकै चुनौति सामना गर्न सकिन्छ ।’

 

नेता सिंहले बर्तमान सरकार पूर्ण रुपमा असक्षम देखिएकाले नयाँ कामको अपेक्षा गर्न नसकिने बताए ।

 

सतारुण दल असफलता र भ्रष्टाचारमा चुर्लुम डुबेकाले कांग्रेसले कांग्रेसले देश र जनताका पक्षमा धेरै भन्दा धेरै काम गर्नुपर्ने बताए ।

 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडु हिर्दयराम थानी,  पूर्वमन्त्री राजेन्द्र कुमार केसी,  सन्जय कुमार गौतम, रामजनम चौधरी, शिवराज जोशी, काठमाडौं सभापति सबुज बानियाँ,  महासमिति सदस्य पुष्कर ओझा लगायतले पार्टी संगठन मजबुद राख्नेबारे धारणा व्यक्त गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार