• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

माघे संक्रान्तिको भोलीपल्ट फिदिममा नेपथ्यको प्रस्तुती

काठमाडौं । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको ‘नेपाल यात्रा’ हालै सम्पन्न गरेपछि नेपथ्य फेरि पूर्व्तिरै लाग्ने भएको छ । माघे संक्रान्तिको भोलीपल्ट नेपथ्य फिदिममा प्रस्तुत हुँदैछ ।


प्राचीन समयमा लिम्बुहरुको केन्द्रविन्दु मानिने तत्कालीन पान्थरथुम अर्थात् पाँचथर जिल्लाको सदरमुकाम हो फिदिम। कुनै समय दस लिम्बु क्षेत्रका राजाहरु फेदेन अर्थात् यसै फिदिममा जम्मा भइ आपसी कुराहरुको निर्णय लिनेगरेको ऐतिहासीक महत्व यस सहरसँग छ । पूर्वाञ्चलको माथिल्लो यस भेगमा नेपथ्यले पहिलोपटक आफूलाई प्रस्तुत गर्न लागेको हो ।

 

माघ २ गते यहाँस्थित फिदिम उच्च माविको खेल मैदानमा ब्याण्डले लोकरक तथा अन्य सिर्जनाहरु सुनाउनेछ । कन्सर्ट ठीक छ बजे सुरु हुनेछ ।

 

 

दशैं लगत्तै सिक्किमको राबाङ र त्यसपछि मुलुकभर चारवटा सहरको ‘नेपाल यात्रा’ गरेपछि नेपथ्यलाई अन्य पनि विभिन्न सहरहरुबाट कन्सर्टको निम्ति प्रस्ताव आएको थियो । त्यसमध्ये हालसम्म नेपथ्यले प्रस्तुत गर्न नपाएको नयाँ सहर भएकै कारण फिदिमलाई प्राथमिकतामा राखिएको हो ।

 

स्थानीय आयोजक श्री सुम्हालुङ युथ क्लबले फिदिम सहरको प्रवद्र्धनका निम्ति कन्सर्ट आयोजना गर्ने र मुनाफाका रकमबाट विभिन्न सामाजिक कार्यमा योगदान दिने उद्देश्य पनि प्रस्तुत गरेको छ ।

 

‘अंग्रेजी क्यालेण्डरको नयाँ वर्षसँगै नेपथ्यलाई नयाँ स्थानमा प्रस्तुत गर्ने इच्छा राखेका थियौं,’ नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘त्यसै अनुसार सन् २०१९ को यो पहिलो कन्सर्ट पनि हुनेभएको छ ।’

 

 

पहिलोपटक नेपथ्यलाई आफ्नो भेगमा निम्त्याउन तत्पर स्थानीय आयोजकहरुका गतिविधिकै कारण पनि यतिबेला पाँचथरमा चहलपहल बढेको छ ।

 

सँधैजस्तै फिदिमममा पनि अमृतलाई ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार