• आइतबार १०-६-२०७५/Sunday 01-20-2019
बिश्व

अमेरिकाको संसदमा बेद बोकेर शपथः सचिवालयमा नेपालको झण्डा

वाशिङ्गटन डिसी । अमेरिकाको राज्य तहको डेलिगेटमा विजयी भएका ह्यारी भण्डारीले बुधबार मेरिल्याण्ड जनरल एसेम्बलीमा शपथ लिएका छन् ।उनले हिन्दू धर्मको मूल ग्रन्थ वेदलाई हातमा लिएर शपथ लिएका छन् । मेरिल्याण्डको स्टेट राजधानी एनापोलिसमा आयोजित एक समारोहमा अन्य डेलिगेटसँगै भण्डारीले पनि शपथ लिएका हुन् । 

 

शपथ ग्रहण पश्चात डेलिगेट भण्डारीले भने, “मैले अमेरिकामा आएर यो तहको सफलता हासिल गर्छु भन्ने सोचेको थिइनँ, तर अमेरिकाले मलाई दिएको अवसरका लागि म आभारी छु ।” एक प्रश्नको उत्तरमा उनले भने – म एउटा वयष्क उमेरमा अमेरिका आएर यो उपलब्धि हासिल गर्न सफल भएको छु, यही भूमिमा जन्मिएका नेपाली मूलका अमेरिकीले अझ फराकिलो इतिहास निर्माण गर्नसक्छन् भन्नेमा म पूर्ण विश्वस्त छु । 

 

एक प्रश्नको उत्तरमा उनले भने – म एउटा वयष्क उमेरमा अमेरिका आएर यो उपलब्धि हासिल गर्न सफल भएको छु, यही भूमिमा जन्मिएका नेपाली मूलका अमेरिकीले अझ फराकिलो इतिहास निर्माण गर्नसक्छन् भन्नेमा म पूर्ण विश्वस्त छु । 

 

भण्डारीको शपथग्रहण कार्यक्रममा पुगेका करीब दुई दर्जन नेपालीले उनको सफलताले आफूहरूलाई पनि उत्साहित बनाएको प्रतिक्रिया दिए । कार्यक्रममा गैरआवासीय नेपाली (एनआरएन) सङ्घ, अमेरिकाका अध्यक्ष डा। केशव पौडेलले ह्यारीको सफलता एक एनआरएन कै सफलता हो भने । अमेरिकामा करिव तीन लाख नेपाली र अन्य तीन लाख नेपालीभाषी गरी करीब छ लाख नेपाली बस्दै आएका छन् । 

 

यसरी निर्वाचित भएर राजनीतिक तहको जिम्मेवारी लिने भण्डारी पहिलो नेपाली मूलका अमेरिकी नागरिक बनेका छन् । यसलाई अमेरिकाका स्थानीय राजनीतिज्ञहरूले समेत चासोका साथ हेरेका छन् । 
यसैबीच भण्डारीले आफूले ‘हेल्थ तथा गभर्नमेन्ट रिलेशन कमिटी’को हैसियतले मेरिल्याण्डका बासिन्दाका लागि राम्रो र सर्वसुलभ स्वास्थ्यका लागि पहल गर्ने प्रतिक्रिया दिए । 

 

भण्डारीले आफनो सचिवालय रहने स्थानमा नेपाल र अमेरिकाको झण्डासमेत राखेका छन् । भण्डारीको कार्यकक्षमा सगरमाथाको तस्बीर र नेपालको झण्डालाई सजाएर राखिएको छ । भण्डारी गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा २२ हजार ४०७ मत ल्याएर मेरिल्याण्डको हाउस अफ डेलिगेटमा विजयी भएका थिए । 

 

भण्डारीले जितेको पदमा बहाल रहेका सांसदहरूले मेरिल्याण्ड राज्यका लागि आवश्यक पर्ने विभिन्न कानून निर्माण गर्ने र राज्यको बजेट प्रक्रियालाई अनुमोदन गर्ने गर्दछन् । उनीहरूले राज्यभित्र रोजगारीको अवसर सिर्जना गर्ने, उद्योग तथा कलकारखानाको स्थापनाका लागि आवश्यक पर्ने कानून बनाउने, काउन्टीहरूलाई विभिन्न तरिकाले बजेट सहयोग गर्ने, विद्यालयको गुणस्तर तथा पूर्वाधारको निर्माणमा सहयोग गर्न सक्नेछन् । एजेन्सी 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार