• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

जापानी विदेशमन्त्रीले भनेः नेपाली कामदार लैजान समस्या छैन

 

काठमाडौं । नेपालको दुई दिवसीय औपचारिक भ्रमण पूरा गरी जापानका विदेशमन्त्री तारो कोनो आज बिहान फ्रान्सतर्फ प्रस्थान गरे । 

 

आफ्ना नेपाली समकक्षी प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणमा छोटो अवधिका लागि नेपाल भ्रमणमा आउनुभएका मन्त्री कोनोले आजै बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए । 

 

परराष्ट्रमन्त्रीद्वयको नेतृत्वमा बुधबार भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुनका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको थियो ।

 

वार्तामा २५ वर्ष पहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्ने सहमतिका साथै नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण तथा नेपाली श्रमिकलाई जापानमा रोजगारीमा पठाउन दुवै मुलुकबीच सहमति भएको थियो ।


नेपाली कामदार जापान लैजाने बिषयमा पनि प्रधानमन्त्री ओली र जापानी विदेश मन्त्री कोनोबीच छलफल भएको छलफलमा नेपालबाट जापानमा कामदार पठाउने बिषयमा कानुनी अड्नचन नरहेको जानकारी गराए । 
मन्त्री कोनोलाई नेपालका लागि जापानका राजदूत मासामिची साइगो र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार