• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

विधानसभा निर्वाचनको तयारी गर्दै अभिनेता प्रकाश राज 

काठमाडौं । भारतीय चलचित्रमा भिलेनको रुपमा ख्याति कमाएका अभिनेता प्रकाश राज राजनीतिमा आउने भएका छन् । भारतीय सञ्चार माध्यामका अनुसार राजनीतिमा चासो राख्ने उनी विधान सभा निर्वाचनमा लड्ने भएका छन् । 

 

केही समय अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्व चर्को आलोचना गरेका उनले विधानसभामा लड्ने भएका हुन् । सो कुराको जानकारी उनले ट्वीटरमार्फत दिएका छन् ।

 

उनले आफु निर्दलीय उम्मेदवारको रुपमा लोकसभाको लागि चुनाव लड्ने जनाएका छन् । उनको चुनाव लड्ने मनसाय प्रकट गरे संगै मोदी बिरोधी पार्टीहरुले आफ्नो पार्टीबाट लड्ने प्रस्ताव राखेका छन् ।

 

नेसनल अवार्ड विजेता यी कलाकारका अनुसार जबदेखि उनले प्रधानमन्त्री नरेन्द्र मोदीका नीति र सरकार विरुद्ध बोल्न सुरु गरे, तबदेखि बलिउडले उनीसँग सम्बन्ध तोडे जस्तै नै भएको छ । एजेन्सीको सहयोगमा 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार