• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

फ्रेन्च लिग वानको संघर्षपूर्ण खेलमा पिएसजी पराजित

काठमाडौं । फ्रेन्च लिग कप फुटबलको क्वाटरफाइनलमा पिएसजी पराजित भएको छ । गएराति भएको संघर्षपूर्ण खेलमा पिएसजी पराजित भएको हो । 

 

पिएसजीलाई गुइनग्याम्पले २–१ गोलअन्तरले पराजित गरेको हो । 


लिग वानमा रेलिगेसनबाट बच्न संघर्षरत गुइनग्याम्पले पीएसजीलाई उसकै मैदानमा अप्रत्यासित रुपमा हराउँदा दुवै गोल पेनाल्टीमा गरेको हो ।

 

पछिल्लो पाँच सिजन लगातार उपाधि जितेको पीएसजीका लागि नेइमारले ६२ औं मिनेटमा गोल गरी अग्रता लिएका थिए । तर, येनी बाकोटोले ८१औं मिनेटमा र मार्कस थुरमले इन्ज्यूरी समयमा गोल गरी टिमलाई शानदार जित दिलाए ।

 

यता लिग वानमा रेलिगेसन जोनमै रहेको थिएरी हेनरी प्रशिक्षित टोली मोनाको भने सेमिफाइनलमा पुगेको छ ।

 

रेन्नेसलाई पेनाल्टी शुटआउटमा ८–७ गोलअन्तरले हराउँदै मोनाको अन्तिम चारमा पुगेको हो । यसअघि नियमित र अतिरिक्त समयमा खेल एक–एक गोलको बराबरीमा सकिएको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार