• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
फेशन

बिराट फेशन विक सम्पन्न

बिराटनगर । बिराटनगरमा पहिलो पटक बिराट फेशन  विक सम्पन्न भएको छ ।

 

मञ्जिना मुभिज क्रियशनले व्यवस्थापनको जिम्मा लिएको फेसन शोमा प्रदेश १ का विभिन्न जिल्लाका २२ जना मोडलहरुले पुस महिनाको चिसो मौसममा ग्ल्यामर प्रस्तुति दिएर दर्शक तताएका थिए ।

 

गत साता तीन दिनसम्म चलेको उक्त फेसन शो को कोरियोग्राफी जतीन ताम्राकारले गरेका थिए ।  उक्त कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार