चिसो मौसममा लङ बुटको फेशन
जयन सुब्बा मानन्धर, काठमाडौं । जाडो याममा घुडासम्म आउने न्यानो बुट लगाएका स्मार्ट युवती थुप्रै भेटिन्छन । शहर बजार तिर लङ बुट लगाएर स्कुटी हाक्दाको मज्जा मोडल स्नेहा शर्मा लागि ब्यक्त गर्न सकिने कुरा होइन ।
चिसो मौसममा बुटले खुट्टालाई न्यानो त बनाउछ नै लगाउनेलाई ग्ल्यामर पनि देखाउँछ । यस्तै मोडल एवं नायिका महिमा स्नेहासँग सहमत छिन् । हरेक पटक बिदेश जाँदा उनी लङ बुट र फेशनेवल बुट ल्याउन कहिले बिर्सनन् । उनी बुटलाई विन्टरको हट एक्सेसरिज भन्न रुचाउछिन् ।
यस्तै अन्य नायिका तथा मोडलहरुले बुटलाई नभई नहुने विन्टर वेयरका रुपमा लिने गरेका छन् । अहिले सबै उमेरका महिलाका लागि बुट विन्टरको लोकप्रिय फेशन भइसकेको छ । किशोरीहरु देखि लिएर अधबैशे उमेरका महिलाहरु लङ बुटको फेशनबाट अछुतो छैनन् ।
हिजोआज मार्केट मा सहज रुपमा बिभिन्न डिजाइनका बुटहरु लङ ,हाफ ,एन्कल लेन्थ ,नी लेन्थ ,फेन्सी ,थाई लेन्थ उपलब्ध छन् । दरबारमार्गमा रहेको पेल्जमा भेटिएको ४१ बर्षीय सुधा चित्रकार लङ बुटको मोलमोलाई गरिरहेकी थिइन् । मोडल रबिना महत पनि दरबारमार्ग चेल्सीमा एनिमल प्रिन्टेड नी लेन्थ बुट नियाल्दै थिइन् ।
चेल्सीको संचालक नानु महर्जन लङ बुट एव नी लेन्थ बुट जुनसुकै उमेरका समुहका युवतीहरुले मनपराउने भएकाले यसको डिमान्ड बढी भएको बचाउँछिन । लङ बुटले ग्ल्यामर लुक मात्र दिदैन खुटटालाई चिसोबाट पनि बचाउँछ ।
ब्लेक, रेड ,मरुन ,ब्राउन ,व्हाइट, बिभिन्न कलरका लङ बुटहरु मार्केटमा उपलब्ध भए पनि सबैभन्दा बढी चलेको ब्लेक लङ बुट नै हो । पेन्ट ,स्लेक्स, लेगीन्स सँग कोट,ज्याकेट, वुलन स्वेटर ,लङ ड्रेस ,हुडी आदिसँग म्याचीङ गरेर लङ बुटको प्रयोग गर्न सकिन्छ ।
हिजोआज २५ बर्ष देखि ५० बर्ष पुगेका महिलाहरुमा वुलन कुर्ती टप्ससँग वुलन एव भेल्भेट लेगीन्ससंग लङ बुट प्रयोगको फेशन अत्यधिक मात्रामा चलेको छ । त्यसका साथै चिसो मौसममा स्कुटीमा हुईकिने महिलाहरुका लागि त लङ बुट अनिवार्य नै भइसकेको छ ।
तस्वीर : कुबेर तामाङ
प्रतिकृया दिनुहोस