• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

चलचित्र ‘हृदय भरी’ निर्माण घोषणा, श्रद्धा र रेखासँग रोमान्स गर्दै पल 

काठमाडौं ।  सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशनमा चलचित्र ‘हृदय भरी’ बन्ने भएको छ । सोमबार पत्रकार सम्मेलनमा चलचित्रको औपचारिक रुपमा  घोषणा गरिएको थियो । कार्यक्रममा  निर्माण घोषणा संगसंगै चलचित्रको पोस्टर पनि सार्वजनिक गरिएको थियो। सो पोस्टरमा चलचित्रका मुख्य कलाकार पल शाह र श्रद्धा क्षेत्रीलाई देखाइएको छ। 

 

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राई, निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगाएत चलचित्रका निर्माण युनिटेको   उपस्थितमा चलचित्रको पोस्टर सार्वजनिक गरिएको थियो।

 

प्रेमकथामा बन्ने चलचित्र  ‘हृदय भरी’मा पल शाह,श्रद्धा क्षेत्री, निर शाह, सुनील थापा, आकाश बाबु , अनुराग कुँवर, निर्मल शर्मा, सलोन बस्नेत, रेखा लिम्बू, कविता रेग्मी, बिके श्रेष्ठ, दिपक गजमेर, प्रेम श्रेष्ठ, अनुपम श्रेष्ठ, आयुष्मान घिमिरेलगायतको अभिनय रहनेछ। । यसै चलचित्र  मार्फत भारतको कोलकता निवासी  श्रद्धा छेत्री नेपाली चलचित्रमा डेब्यु गर्दैछिन् ।

 

चलचित्रलाई एन फिल्मस् एण्ड क्रिएशन, शाह प्रोडक्सन प्रा.लि र दिपीन्द्र फिल्मसको संयुक्त ब्यानरमा , चन्दन शाह, निकेश लिम्बु तथा दिपीन्द्र राईले निर्माण गर्दैछन् । 

 

चलचित्रमा मानकृष्ण महर्जनको छायांकन,अर्जुन पोखरेल, हरी लम्साल, दीपक शर्माको संगीत, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी तथा विपिन मल्लको सम्पादन रहनेछ।

 

फागुनको तेस्रो साताबाट चलचित्रको छायांकन शुरु हुने जनाइएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार