• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

दश वर्ष देशको समृद्धिका लागि काम गर्छु अनि ‘माथि’ जान्छुः अध्यक्ष दाहाल

चितवन । नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दश वर्ष देशको समृद्धिका लागि काम गरेर ‘माथि जाने’ विचार रहेको बताएका छन् ।

 

चितवनमा बुधबारदेखि सुरु भएको १२ औं चितवन महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशको लागि अवको दश बर्ष निकै महत्वपूर्ण रहेको भन्दैं सपना पुरा गरेर माथि जाने बताए ।

 

त्यसका लागि सबैको साथ आवश्यक रहेको अध्यक्ष प्रचण्डको भनाई छ । उनले हेर्दा हेर्दै भैसालोटनदेखि देवघाटसम्म पानीजहाज पनि चल्ने दावी गरे ।

 

नारायणी र राप्तीमा तटवन्ध र रिङरोड बन्ने प्रचण्डले बताए । विकासको मोडालिटीका बारेमा समस्या नरहेको तर समस्या एक्सनमा मात्रैं रहेको बताउँदैं अधयक्ष प्रचण्डले भने ‘जनताले अनुभुत हुने गरि विकास र समृद्धिको काम गर्नु नै हाम्रो चुनौती हो ।’

 

समारोहमा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिका ढकाल, प्रदेश ३ का उद्योग मन्त्री अरुण नेपाल, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष किशोर प्रधान, चन्द्रप्रसाद ढकाल, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, भू–लक्ष्मी ग्रुपका प्रमुख कार्यकारी अधिकृत किरण आचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

समुद्घाटन समारोह महोत्सव मुल समारोह समितिका संयोजक एवंम उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो । माघ ४ गतेसम्म चल्ने महोत्सवमा ५७१ वटा स्टलहरु रहेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार