• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
शिक्षा

जल तथा मौसम विज्ञान केन्द्रीय विभागमा भिडियो प्रविधिद्धारा कक्षा 

काठमाडौं । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागले भिडियो प्रविधिको माध्यमाबाट अमेरिकाको वहाइयो स्टेट युनिभर्सिटीका प्राध्यापक लोनी जी थोम्सनसँग जलवायु परिवर्तनका विषयमा कक्षा सञ्चालन गर्ने व्यवस्था गरेको छ ।

 

विभिन्न केन्द्रीय विभागमा अध्ययन विद्यार्थी एवं अनुसन्धानकर्ता लाई विश्वकै विख्यात प्राध्यापकसँग भिडियो साक्षात्कार गर्ने अवसर प्राप्त हुनुका साथै मौसम र जलवायु परिवर्तनको बारेमा विद्याार्थीहरुलाई अन्तराष्ट्रिय शैक्षिक अनुभव प्राप्त गर्ने अवसर समेत मिलेको छ ।

 

जनवरी ८ देखि अप्रिल २३ सम्म सञ्चालन हुने भिडियो कक्षामा २६ जना विभिन्न केन्द्रीय विभागका विद्यार्थी एवं अनुसन्धानकर्ताहरु संलग्न रहेका छन् ।

 

भिडियो कक्षाको पहिलो दिनमा उपस्थित हुँदै त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले विश्वका महत्वपूर्ण प्राध्यापकहरुसँग प्रविधिको प्रयोगवाट कक्षा सञ्चालन गरेकोमा खुसी व्यक्त गरे ।

 

जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख डा. दीपक अर्यालले  केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीको अन्तराष्ट्रिय एक्पोजर वढाई जल तथा मौसम विषयमा ज्ञानको दायरा फराकिलो बनाउन महत्वपूर्ण अवसर प्राप्त भएको जानकारी गराए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार