• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

डा.गोविन्द केसीले सुरु गरे इलाममा १६ औं अनशन

इलाम ।  डा. गोविन्द केसीले इलाममा १६ औं आमरण अनशन सुरु गरेका छन् ।

 

बुधबार ४ः३० बजे पत्रकार सम्मेलन गरी उनले ५ बजेबाट अनशन सुरु भएको जानकारी गराए । उनले ६ बुँदे माग सार्वजनिक गरेका छन् । 

 

उनले इलाम सदरमुकामको फुलगाछी स्थित शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालयमा अनशन सुरु गरेका हुन् ।

 

१५ औं अनशन तोड्ने सिलसिलामा सरकारसँग गरेको सहमति विपरित संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गरेपछि डा. केसीले अनसन सुरु गरेका हुन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको प्रतिबद्धता विस्तारै माफियाहरुको घेरवन्दीमा परेर कठोर बन्दै प्रबिद्धताबाट पछि हटेको उनले बताए ।

 

उनले सरकार र सत्ताका दलहरु तीन करोड जनताको स्वास्थ्यको पक्षमा नभइ मुठीभरका मतियारको पक्षमा देखिएको उनले पत्रकार सम्मेलमा बताए ।

 

समितिले सहमित विपरित विधेयक पास गर्ने संकेत पाए लगत्तै डा. केसी इलाम पुगेका थिए ।

१६ औं सत्याग्रहका मागहरुः

१. १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित गरियोस् ।

२. गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि।वि। पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् ।

त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् । कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्ने मन्त्री परिषदको निर्णय बाबजुद चोर बाटोबाट दिन लागिएको सम्बन्धन तत्काल रोक्दै दोषी पदाधिकारीहरुलाई कारवाही गरियोस् ।

३. सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस् । साथै पूर्वी पहाडका ताप्लेजुंग, इलाम ,पाँचथर,तेह्रथुम लगायतका जिल्लाका नागरिकलाई सहज स्वास्थ्य सेवा तथा मेडिकल शिक्षाका लागि लागि इलाममास सोलुखुम्बु, ओखलढुंगा, खोटांग, भोजपुर, उदयपुर, सिराहा र सप्तरी लगायतका जिल्ला समेटेर उदयपुरमा सुदुर पश्चिमका पहाडका डडेल्धुरा, डोटी, बैतडी, बझांग, अछाम, दार्चुला लगायतका जिल्ला समेटेर डोटी वा डडेल्धुरामा अबिलम्ब सरकारी मेडिकल कलेज तथा अस्पताल खोलियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस्

४. निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।

५. द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई अन्तर्राष्ट्रिय कानुन अनुसार दण्डित गरियोस् । द्वन्द्वपीडितहरुको माग सुनुवाइ गर्दै संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पुर्याइयोस् ।

६. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाण्डौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियोस् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार