• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
श्रृङगार

जाडोमा कपालको सुरक्षा

काठमाडौं । चिसो बढेँसगै छालाको सुरक्षामा हामी जुनरुपमा सजग हुन्छौं कपालको सुरक्षामा भने त्यति ध्यान दिइरहेका हुँदैनौं जसको कारण कपालमा सुख्खापन हुन्छ । कपालमा सुख्खापन नहोस् भन्नका लागि विशेष हेरचाहको जरुरी हुन्छ  ।

 

जाडोमा कपाल बढी नै ड्राई हुने गर्छ । त्यसैले नुहाउनुभन्दा एक घण्टा अगाडि तेलले मसाज गर्ने र नुहाउने गर्दा कपाल सुन्दर हुनुका साथै मुलायम हुन्छ ।

 

जाडोमा हेयर ड्रायरको प्रयोग बन्द नै गर्नुपर्छ । जाडोमा कपाल सुकाउन प्रयोग गर्ने हेयर ड्रायरले हाम्रो कपालको चमकतालाई मेटाइदिन्छ र कपाल कमजोर देखिन्छ । त्यसैले नेचुरल तरिकाबाटै कपाल सुकाउनु राम्रो हुन्छ ।

 

जाडोमा ऊनीको टोपीहरु लगाउँदा पनि कपालको सुन्दरतामा कमी आउनुका साथै कपाल पनि कमजोर हुन्छ । त्यसैले चिसोबाट बच्न ऊनीको टोपी लगाउनु अघि रुमालले कपाल बाँधेरमात्रै टोपी लगाउनु पर्छ  जाडोमा चिसो पानीभन्दा तातो पानी बढी प्रयोग गर्ने गरिन्छ । तर कपाल नुहाउन तातो पानीको प्रयोग गर्नु राम्रो होइन ।

 

जाडोमा तातो पानीले कपाल नुहाउनु राम्रो होइन । तातो पानीले कपाल नुहाउँदा कपाल टुक्रा पर्नुको साथै कपाल झनै सुक्खा हुन्छ ।

 

राम्रो कन्डिसनरको प्रयोग गर्नुपर्छ जसले कपालको चमकतालाई कायम राख्छ । कपालमा आवश्यकताभन्दा बढी सेम्फू गर्दा पनि कपालको चमकतामा कमी आउन सक्छ, त्यसैले जाडोमा हप्तामा दुई पटकमात्र सेम्फू गर्नु पर्छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार