• शनिबार १-८-२०८१/Saturday 04-20-2024
श्रृङगार

व्यस्त जीवनशैली र तनावले अनुहारमा समय अगावै चाउरी पर्न थाल्छ

काठमाडौं । छालामा चाउरीपन देखिनुलाई ढल्कँदो उमेरसँग जोडेर हेर्ने गरिन्छ । युवा अवस्थामा पनि कतिपयको छालामा चाउरीपनका धर्सा परेको देखिन्छ । जुन धर्सा सुन्दरताका लागि बाधक भैदिन्छ । कतिपयलाई ति धर्साहरु कसरी हटाउने भन्ने चिन्ताले पिरोल्ने गरेको छ ।

 

व्यस्त जीवनशैली र तनाव धेरै लिँदा अनुहारमा छिटो चाउरी पर्न थाल्छ । छालाको बाहिरी तहमा पानीको मात्रा कम छ भने पनि उमेर अगावै छालामा चाउरी पर्न सुरु गर्दछ । युवा उमेरमा केही कम र मसिना धर्साहरु देखिन्छ भने पाको उमेरकाहरुमा मोटो धर्साहरु हुने गर्दछ ।

 

भिटामिन ए को कमी पहेँला फलफूलको सेवनमा कमीजस्ता कारणहरुले गर्दा छाला समय अगावै चाउरी पर्न थाल्छ । शरीरमा आवश्यकमात्रामा पानी नपुग्दा पनि छालामा चाउरी पर्न थाल्दछ ।

 

छाला चाउरी पर्नुको मुख्यकारण :

 

शरीरमा पानीको कमी

चिसो हावाको प्रत्यक्ष सम्पर्कमा रहनु

शीररको तौल एकै साथ धेरै घटाउन खोज्दा

समाधानका लागि उपायहरु

छालामा पानीको मात्रा सधैँ सन्तुलन राख्ने 

बढी चिसो वा घाममा जानुपर्दा छालाको सुरक्षामा ध्यान दिने

आवश्यकता अनुसार छालामा मोस्चराइजर प्रयोग गर्ने

समय–सयममा अनुहारमा मसाज गर्ने

समय मिलाएर स्किनलाई सुड गर्न क्लिजिङ गर्न सकिन्छ


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार