आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का विरुद्ध १८ करोडको मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध मुद्दा दर्ता गराएको छ ।
खड्काले गैरकानूनी रुपमा १८ करोड भन्दा बढी आर्जन गरेको अभियोगमा आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगले सोमबार खड्काले निजामित सेवामा रहँदा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
खड्काले सात करोड रुपैयाँ भन्दा बढीको सम्पत्ति पारिवार बाहेक अरु व्यक्तिको नाममा समेत राखेको अनुसन्धानका क्रममा खुलेको अख्यिारले अभियोग पत्रमा उल्लेख गरेको छ ।
प्रतिकृया दिनुहोस