• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
शिक्षा

फागुनमा स्ववियु चुनाव गराउन त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सबै आङ्गिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू)को निर्वाचनको पूर्व तयारी गर्न निर्देशन दिएको छ ।

 

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आइतवार उपत्यका भित्र र बाहिरका सबै आङ्गिक क्याम्पसहरुलाई परिपत्र गर्दै सो निर्देशन दिएको हो ।

 

स्ववियु निर्वाचनको पूर्व तयारी गर्नेसम्बन्धि परिपत्रमा ‘त्रिविका क्याम्पसहरुमा २०७३ फागुन १८ गते भएको स्ववियु निर्वाचनबाट निर्वाचित एवं सदस्यहरुको २ वर्षे कार्यकाल समाप्त हुने भएको हुँदा २०७५ फागुन महिनामा हुने स्ववियु निर्वाचनको पुर्व तयारी गर्न गराउनु हुन’ भनी उल्लेख गरिएको छ ।

 

त्रिविका आङ्गिक क्याम्पसहरुमा स्ववियु निर्वाचन दुई दुई वर्षमा गर्ने व्यवस्था रहेको छ । दुई वर्ष अगाडि त्रिविले पहिलो पटक विद्यार्थीको उमेर हद २८ वर्ष कायम गरी स्ववियु निर्वाचन गराएको थियो ।

 

अघिल्लो पटक विभिन्न कारण स्ववियु निर्वाचन सम्पन्न गर्न नसकेका क्याम्पसहरुमा समेत यस वर्ष विद्यार्थी संघ संगठनहरुको सहमतिमा निष्पक्ष ढँगले स्ववियु निर्वाचन हुने अपेक्षा त्रिविले लिएको छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार