• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

पूर्वाग्रहका आधारमा नाम जोडियो : मन्त्री अधिकारी

 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री   रविन्द्र अधिकारीले  वाइडबडी विमान खरिदमा  आर्थिक अनियमितता भएको भनिएकोमा आफ्नो कुनै संलग्नता नभएको दावी गरेका छन ।

 

आरोपित मन्त्री अधिकारीले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी  आफू मन्त्री हुनुअघि नै वाइडबडी विमान खरिद सम्झौता भइसकेकाले त्यसमा आफ्नो संलग्नता नरहेको बताए ।

 

पत्रकार सम्मेलनमा उनले पूर्वाग्रहका कारण आफ्नो नाम विमान खरिदमा भएको अनियमिततामा जोडिएको भनेका छन ।

 

मन्त्री अधिकारीले यस प्रकरणबारे  छानविन गरि सत्यतथ्य बाहिर ल्याउनका लागि आवश्यक अनुसन्धानमा आफुले पुरा सहयोग गर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार