• शुक्रबार १-६-२०७६/Friday 04-19-2019
मनोरञ्जन

‘तीन रुपैयाँ पारिश्रमिकमा पनि नाटकमा अभिनय गरियो’

अभिनय यात्रा

मेरो अभिनय यात्रा रंगमन्चबाट नै शुरु भएको हो । राष्ट्रिय नाचघर त्यसबेला एउटा सांस्कृतिक विभाग थियो, त्यहि नाचघरमा एउटा नाटक मञ्चन हुँदै थियो ।  त्यहि नाटक मञ्चन हुँदा एउटा अधवैंशी मान्छे जब नाटक सकिएपछि स्टेजमा आउनुभयो । यो चाहिकारिब २०२१/२२ सालतिर राष्ट्रिय नाचघरमा मदनदास अभिनीत वियोगान्त नाटक ‘धनबहादुरको मृत्युमा परिवारको आँसु’ मञ्चन भइरहेको थियो । रेडियो नेपालका तत्कालीन नाटक निर्देशक श्यामदास वैष्णव पनि त्यो नाटक हेर्न गएका रहेछन् । वैष्णवजीले कृष्ण जन्माष्टमीको लागि बनाउन लागेको रेडियो नाटकका लागि सुहाउँदो ‘स्वर’ खोजिरहनु भएको थियो । उहाँ सांस्कृतिक पत्रिकाको सम्पादक पनि हुनु हुँदोरहेछ ।  उहाँले मलाई कला क्षेत्रमा सम्भावना देखेर नाटकमा खेल्न प्रस्ताव राख्नुभयो । मेरो स्वर बोल्ड र माइक अनुकूलको भएको उहाँको बुझाई थियो । उहाँले मलाई स्टेजमै आएर नाटक खेल्ने चाहना छ भने आउनुहोस् भनेर भन्नुभयो । म पनि अब के खोज्छस् कानो आँखो भनेको जस्तै रेडियो नाटकलाई कसरी अगाडि लिएर जाने भन्ने सोचिरहेको थिए ।  त्यो नाटकको माध्यमबाट उहाँसँग मेरो भेट हुने अवसर मिल्यो । म निरन्तर रेडियो नेपालको नाटकमा लागिरहे । 

 

मैले पहिलो गरेको नाटक श्यामदास वैष्णव जी कै निर्देशनमा डिबी सिंहले लेख्नु भएको नाटक श्री कृष्ण जन्माष्टमी नै थियो । उहाँको नाटकमा मलाई कंसको भूमिका प्रस्ताव गरिएको थियो । त्यसलगत्तै आफ्नो भूमिकाको लागि म तयार हुन थाले । वैष्णवले मलाई सम्झाएका थिए, ‘कंस एकदमै रिसाहा, गडगडाहट आवाज भएको र अहंकारी स्वभावको चरित्र हो । मैले पहिलेदेखि नै हिन्दी धार्मिक फिल्महरु हेर्ने गरेको थिए, मलाई उहाँले कंस अवतार जन्मिनु पछाडिको किस्सा खोले, ‘त्यसैका आधारमा म हाँसो र हाउ भाउको अभ्यास गर्न थालेँ । यसरी हाँस्यो भने त्यसले आकर्षण देखाउला भनेर अट्टहास निकालेँ ।’ 

 

 

धेरैले रुचाएको जेटीय भुमिका र मह जोडीसंगको यात्रा
 

म गाउँ ठाउँमा जाँदा पनि धेरैले मलाई जेटिय तपाई नै हो भनेर चिन्नु हुन्थ्यो त्यसमा मलाई खुसी लाग्थ्यो । रेडियोले मलाई जिल्ला व्यापी स्थापित गरायो । म रगंमञ्चमा राजधानीमा मात्रै सिमीत थिए पछि चलचित्र हुदै विभिद विधामा काम गर्ने अवसरहरु जुरे । नेपालमा टेलिभिजनको स्थापनाकाल देखि नै विभिन्न टेलिचलचित्र र वृत्तचित्रहरुमा काम गरे । रेडियो नाटकमा मैले धेरै समय विताए । श्यामदास श्रेष्ठ मेरो आदरणीय गुरु हुनुहुन्छ । उहाँले नै मलाई रेडियोमा प्रवेश गराउनु भएको हो । रेडियोको भाषा सरल बोलिचालिमा हुनेहुँदा आम स्रोतामा यसले राम्रो प्रभाव पार्ने हुन्थ्यो किनभने त्यो समयमा रेडियोलाई सशक्त माध्यमको रुपमा लिइन्थ्यो । रेडियो नाटक बज्दैछ भनेपछि स्रोताहरुले प्रतिक्षा गरेर बस्थे । त्यो समयमा अर्को कुनै माध्यम नै थिएन । आम मान्छेको मनोरञ्जन र सुचनाको स्रोत नै रेडियो हुन्थ्यो । मैले पनि रेडियो नेपालबाट प्रसारण हुने धेरै रेडियो नाटकहरुमा काम गरे । 

 

मह जोडि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसंग काम गरियो । म हाँस्य कलाकारका रुपमा स्थापित कलाकार होइन तर केहि हास्य प्रधान भूमिकाहरु पनि गर्ने प्रयास गरे । उहाँहरुकै ‘मदनबहादुर हरिबहादुर’ मा उहाँहरुले मलाई एउटा भूमिका दिनु भयो श्रीमती बितेको छोराछोरी बिदेश भएका अलिकत बदमास किसीमको । कोहि महिला देख्यो कि उतै झुकाव राख्ने र विवाहको लागि प्रस्ताव गरिहाल्ने । त्यो चरित्रले मलाई थोरै भएपनि हाँस्य विधामा चर्चित बनाएको थियो । खितखिते बूढाको अभिनयले मैले दर्शकमाझ राम्रो चर्चा पाएको थिए ।

 

रेडियो नाटकको पारिश्रमिक

 

एक मिनेटको ३ रुपैया थियो नाटक खेलेवापतको पारिश्रमिक । नाटक खेलेर जेनदेन २ सय रुपैंया पाइन्थ्यो । पछि मेरै पहलमा नाटकको श्रेणी पनि तोक्यौं । क ख र ग श्रेणी गरेर । पहिलो श्रेणीको १ हजार दोस्रोको ५ सय र तेस्रो श्रेणीको ३ सय बनायौं । जसले गर्दा काम गर्ने केहि सहज भयो ।

 

रंगमञ्च अहिले पहिला भन्दा धेरै माथी छ । हाम्रो बेलामा पाँच दश रुपैयाँको टिकट राख्दा पनि मानछेहरु हेर्नै आउदैन्थे । ठुला ठुला मान्छेहरु राजा महाराजा नाटक हेर्न आउने भ एभने त्यहाँ चाहि मान्छेहरु नाटक हेर्न आउँथे ।

आफै मरेको नाटक

हामी रंगकर्मीहरु मञ्चमा जीवन र भोगाइको खासै मतलब राख्दैनौ । त्यसै क्रममा कतिपय अवस्थामा वास्तविक जीवन मै समस्या आइपर्छ । त्यसलाई पचाएरै भएपनि हामीले दर्शकलाई आफ्नो कला देखाउनु पर्ने हुन्छ किनकी दर्शक नै हाम्रो भगवान हुन  । उनीहरुको लागि जे जस्तो अभिनय पनि गर्न सक्नुपर्छ । किनकि मञ्चमा हामीले दर्शकको अगाडि लाइभ अभिनय गरिरहेका हुन्छौं । केही भएमा टार्ने र उम्किने उपाय रहदैन । ०२२/२३ सालमा होला, राष्ट्रिय नाचघरमा सकुन्तला गुरुङ र मैले भएर गरेको नाटक हो । गरीवीलाई चित्रण गरिएको दृश्य थियो । म झुपडी घरबाट सकि नसकी बाहिर आँगनमा आउने दृश्य थियो । बाहिर आएपछि म एक्कासी लडेर मरेको अभिनय गर्नुपर्ने थियो । म लडे । शकुन्तला जी ले नाटकमा मेरो श्रीमतीको भूमिका गर्नुभएको थियो । दृश्य यस्तो थियो कि उहाँ अंखरामा पानी लिएर भित्रबाट आउनुभयो र मेरो अवस्था देखेर पानीले भरिएको अंखरा भुइमा खसाएर मुर्छा परेर रुनुपर्ने थियो ।

यहि समयमा भोरी पानीको अंखरा उहाँले मेरो टाउको माथी छोड्नु भयो । मलाई आपत पर्‍यो । अभिनय छ मृत्युको । टाउँकोमा अंखराले नराम्रो संग लाग्यो । शकुन्तलाजी भक्कानो छोडेर रुन थाल्नुभयो । मैले विस्तारै मेरो टाउँकोमा अंखराले लाग्यो भन्छु उहाँले सुन्नु भएन । क्लाइमेक्स सिन दर्शकले बडो भावुक भएर हेरिरहेका थिए । पर्दा बन्द नगरुन्जेल त उठ्ने कुरा भएन । मलाई लाग्यो आज म साच्चै मर्ने भए । टाउँकोमा लाग्या छ । उतिवेला देखि रगत बगेको छ । यहि नै मेरो आखिर दिनहुने भयो भन्ने सम्म लाग्यो । केहि समयपछि विस्तारै पर्दा खस्यो र मेरो टाउकाको चोट हेरियो टाउकोमा घाउ लागेको रहेछ । रगत नभएर त्यो त पानी बगेको रहेछ । केही चोटपटक नलागे पनि टुटुल्को चाहिँ उठेको रहेछ ।

 

रंगमञ्च र फिल्मको अवस्था 

रंगमञ्च अहिले पहिला भन्दा धेरै माथी छ । हाम्रो बेलामा पाँच दश रुपैयाँको टिकट राख्दा पनि मानछेहरु हेर्नै आउदैन्थे । ठुला ठुला मान्छेहरु राजा महाराजा नाटक हेर्न आउने भ एभने त्यहाँ चाहि मान्छेहरु नाटक हेर्न आउँथे । त्यहाँ चाहि मान्छेहरु नाटक हेर्न भन्दा पनि अरु ठुलाबडालाई हेर्न आउथे । तर व्यवसायिक रुपमा त्योबलो नाटकहरु चल्दैन्थे । त्यतिबेला सरकाले राजधनीमा रहेका नाटक संस्थाहरुलाई सरकारले बार्षिक अनुदान पनि दिन्थ्यो । अहिले धेरै कुरा बदलिएको छ । पाइलै पिच्छे थियटर हलहरु बनेका छन् ।

 

अहिलेका युवाहरुले नाटकको बिषयमा पढ्ने अवसर पाएका छन् । यसमा ज्ञान हासिल गरेका छन् । अहिले नाटकमा नयाँ नयाँ प्रबृधिहरु आएका छन् । अहिले जति पैसा तिरेर भएपनि मान्छेहरु नाटक हेर्छन । चाहे त्यो महंगो किन नहोस् । अहिले नाटकको भविष्य एकदमै राम्रो छ । मैले नेपाली चलचित्रको बजार चाहि खासै देखिन । आम मान्छेलाई छाप पर्ने खालको चलचित्र चाहि बनेको छैन । चलचित्रले पनि धेरै कुराहरु सिकाउन सक्छ नी । एक दुईवटा चलचित्र चले होला पैसा कमाए पनि होलान् तर सम्रगमा नेपाली चलचित्रले खासै बजार लिएको छ जस्तो मलाई लाग्दैन । 

 

 

प्रज्ञा–प्रतिष्ठान र रेडियो नेपालको जागिर 

प्रज्ञा प्रतिष्ठान म धेरै वर्ष बसिन् । २०२७ साल देखि नेपाल राष्ट्रि प्रज्ञा–प्रतिष्ठानमा रहे । करिब करिब २०२९/३० सालमा मैले प्रज्ञा–प्रतिष्ठान छाडे । त्यहाँको आफनै एउटा कथा र व्यथा छ । किनभने आफनो एउटा काम गर्ने शैली र त्यहाँको व्यवस्थापन आफुलाई मन नपरेर मैले पछि छाडे । रेडियो नेपालमा चाहि मैले रेडियो नाटक गर्दा गर्दै एउटा जागरिे करारको रुपमा मसिक तलब पाउने भनेर मैले त्यहाँ काम गर्न थाले । त्यो चाहि उद्घोषण गर्ने काम थियो । त्यसपछि रेडियो कार्यक्रम उत्पादन, रेडियो लेख आलेख, कुनै पनि कार्यक्रम प्रस्तुत गर्नुभन्दा अगाडि कसरी गर्ने भनेर त्यसबेलामा युनिसेफबाट ट्रेनरहरु आएका थिए । मैले त्यसमा तीन महिना तालिम लिने अवसर पनि पाए । यसले धेरै कुराहरुको ज्ञान दियो । त्यसरी म रेडियोमा गएको थिए । 

 

फिल्म /टेलिफिल्म 

नेपालमा सरकारी लगानीमा धेरै पहिला मनको बाँध भन्ने चलचित्र तत्कालिन शाहि नेपाल चलचित्र संस्थाबाट निर्माण हुने थियो । त्यसको कलाकारको लागि गोरखापत्रमा बिज्ञापन आएको थियो । त्यसमा फोटो सहित निवेदन दिनु भनेर बिज्ञापन दिइएको थियो । मलाई पनि त्यो फिल्म खेलु न त भन्ने सोचेर त्यसमा आवेदन दिएको थिए । त्यसको त्यतिबेला अफिस लाजिम्पाटमा थियो । त्यसमा नभन्दै म छानिएको कुरा पत्रिकामा आयो । त्यसमा क्यामेरा फेस छ कि छैन भनेर ट्रायल गर्नको लागि मलाई बोलाएको थियो । म गएको थिए । फिल्मको निर्देशक चाहि प्रकाश थापा हुनुहुन्थ्यो । उहाँले मलाई तपाईको फेटोजेनिक अनुहार छैन त्यसैले तपाई यसमा नर्गनुहोस् भनेर भन्नुभयो । फिल्ममा तपाईको क्यामेरा फेस छैन भनेर भन्नुभयो । त्यसपछि म बाहिर निस्के र आफनो फिल्ममा अभिनय गर्ने सपना नै मैले त्यागे । त्यसपछि निरन्तर रंगमन्चमा म लागिरहे । मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चाय के घर के डेरा भन्ने फिल्म बनाउने हुनुभएछ ।

 

प्रदिप रिमाल त्यसको निर्देशक अनि उहाँले त्यसमा मलाई पनि एउटा भुमिका राखिदिनु भएको रहेछ । मैले उहाँलाई मेरो फाटोफेस छैन भन्छ, म फोटोजेनिक छैन भन्छ भनेर भने त्यसैले नखेलु पनि भने । तर उहाँले करले खेल्नु न खेल्नु भन्नुभयो । त्यसपछि हुन्छ भनेर मैले के घर के डेरा मा चरित्र भुमिका निर्वाह गरे । त्यसपछि मैले २०/२५ वटा जति फिल्महरुमा काम गरे । नेपालमा टेलिभिजनको शूरु हुदाँ पहिलो टेलिफिल्म नै मैले खेलेको थिए । पहिलो खेलेको टलिफिल्म लय संग्रौला जी को फ्युज गएको जिन्दगी भन्ने थियो । मैले अभिनय गरेका टेलिफिल्महरु धेरै नै छन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार