• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
प्रविधी

टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त 

काठमाडौं । नेपाल  टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् ।

 

सञ्‍चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा गठित समितिले टेलिकमको एमडीमा दशौं तहका कर्मचारी अधिकारीलाई छानेको हो ।

 

अधिकारीलाई विहीबारको मन्त्रीपरिषद्‌को बैठकले टेलिकमको प्रबन्ध निर्देशकमा चयन गरेको सचना तथा सञ‍्चार मन्त्रालयका सचिव गुरुङले जानकारी दिए ।

 

टेलिकमको प्रबन्ध निर्देशकको लागि समितिले संगीता पहाडी अर्याल, बुद्धि प्रसाद आचार्य र डिल्लीराम अधिकारीलाई सिफारिस गरेको थियो ।

 

उनी टेलिकमकै प्रबन्ध निर्देशकको प्राविधिक सल्लाहाकार  पनि हुन् । ४४ वर्षीय अधिकारी टेलिकमकै इतिहासमा सबैभन्दा कान्छा प्रबन्ध निर्देशक बन्न पुगेका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार