गायक अविनाशले तताए दरबारमार्गको लिक्वीड लाउन्ज
काठमाडौं । नयाँ वर्ष २०१९ को अवसरमा दरबारमार्गस्थित लिक्वीड लाउन्जमा भएको सांगितीक कार्यक्रममा गायक अविनाश घिसिङको प्रस्तुतीले माहौल तताएको थियो ।
कार्यक्रममा गायिका प्राश्ना शाक्यले पनि प्रस्तुती दिएकी थिईन् । मिठो परिकार एवं पारिवारिक वातावरण रहेको उक्त लाउन्जमा सांगीतिक प्रस्तुति सुन्नेहरुलाई अविनाशको आवाजले यती मोहित बनाइदिएको थियो चिसो मौसमलाई पनि सबैले बिर्सिएका थिए ।
कार्यक्रम मध्यरात १ बजे सम्म सञ्चालन भएको थियो भने VJ विवेक खतिवडाले कार्यक्रमको संयोजन गरेका थिए ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस