• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
श्रृङगार

जाडोमा ओठको सुरक्षा र मेकअप

 

जाडोमा ओठ फुट्ने समस्या धेरै हुन्छ । ओठलाई नरम कोमल बनाइराख्न  लिप गार्ड, लिपिस्टिक, ग्लस आदि प्रयोग गर्ने सकिन्छ ।


हरेकलाई आफ्नो मेकअप राम्रो र लामो समयसम्म टिक्ने होस् भन्ने चाहना त हुन्छ तर गुणस्तरमा ख्याल नगर्दा हामीले गरेको मेकअप लङ लास्टिङ हुदैंन । त्यस्तै ओठमा लगाएको लिपिस्टक लामो समयसम्म टिक्दैन ।

गुणस्तरमा ख्याल गर्ने र लगाउँदा विधिपूर्वक लगाएको खण्डमा ओठको सुन्दरतामा अझै निखार ल्याउन सकिन्छ ।

    ओठको मेकअप सुरु गर्नु पहिले ओठ नरम कपडाले पुछेर सफा भएपछि मात्र लगाउन सुरु गर्ने ।


    सबैभन्दा पहिले अनुहारको बेस बनाए जस्तै ओठको पनि बेस बनाउनुपर्छ र  शेपमा ल्याउनु पर्छ ।


     यदि ओठ पातलो खालको छ भने केही डार्क लाइनर लगाउनु पर्छ । माथिल्लो ओठ सानो र तल्लो ओठको आकार ठिक्क छ भने दुवै उस्तै देखिने हिसावले लिपलाइनर लगाउनुपर्छ ।


    ओठको मुख्य घेराभन्दा थोरै माथीबाट लिप पेन्सीलले लाइन दिने र आफूलाई मन पर्ने अथवा पोशाक अनुसार रोजेको लिपस्टिक लगाउन सकिन्छ ।


    लिपिस्टक लामो समयसम्म टिकाउनका लागि फाउन्डेसन लगाउन सकिन्छ ।


    लिपिस्टकको कलरभन्दा थोरै डार्क लिप पेन्सिलले लाइन दिएको खण्डमा अझै आकर्षक देखिन्छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार